शिव भट्टराई -मोरंङ असार १७ गते । रातो तारा डट कम,
मोरंङको सुन्दरहरैचा नगरपालिका नेपालकै नमुना नगरपालिका बन्ने तरखरमा विकासका नयाँ नयाँ योजनाहरु सार्वजनिक भए सगै विकासका कामहरु भैरहेको नगरपालिका हो ।
प्राकृतिक सम्पदाहरुलाई सहि तरिकाबाट प्रयोग गर्दै यस नगरपालिकाले यतिखेर आफ्नो विकासका कामहरु निरन्तर रुपमा अघि बढारहेको छ । त्यस्तै आर्थिक वर्ष सकिनै लाग्दा मोरङको सुन्दरहरैचा वार्ड नं ३ मा विकासका कार्यहरु धमाधम सम्पन्न भैरहेका छन ।
स्थानिय तहको निर्वाचन पश्चात् जनप्रतिनिधिहरुले आफ्नो कार्यभार समाले सगै विकासका कार्यहरु धमाधम द्रुत गतिमा अघि बढिरहेको यस वार्डका वार्ड अध्यक्ष जीवन ढुंगाना हुन । स्थानिय तहको संरचना भए सगै साविक कोशीहरैचा र साविक सुन्दरदुलारी नगरपालिका मिलेर बनेको यस नगरपालिका मोरङकै उत्कृष्ट नगरपालिका बन्ने प्रयासमा छ।
साविक सुन्दरदुलारी को एक व्यापारिक क्षेत्र मानिएको यस वार्डमा २५ वटा भन्दा बढी विकासका योजनाहरु सम्पन्न भैइसकेको वार्ड अध्यक्ष ढुंगाना बताउछन ।
रातो तारा डट कम सँग ढुंगाना भन्छन :- " पहिलो एक वर्ष बित्नै लाग्दा यस वार्डका अधिकांश सडकहरुमा ड्रेन बनाई ग्राभेल गरिसकिएको र अब हाम्रो उद्देश्य ग्राभेल भएका सडकहरुलाई कालो पत्रे गर्ने रहेको छ । "
विकासका कामहरु गर्दै जादा नगरपालिकाले छुट्याएको करिब ८२ लाखको सिलिङ बजेटले सम्पन्न हुने देखिदैन तर ढुंगाना एउटा जनप्रतिनिधि भएकै कारण आफ्नो वार्डको विकासका लागि वार्डको बजेटलाई सहि आवश्यकता के हो र जनताको भावना के छ त्यसलाई बुझेर विकास गरिरहेका
छन ।
विकासको काम भए सगै विकासको कार्य गर्न कतिको सहज भईरहेको छ ? भन्ने हाम्रो प्रश्नमा ढुंगाना भन्छन :- " पहिलो तीन चार महिना हामिलाई निकै गाह्रो पर्यो हामी सबै नया थियौ त्यही माथी विभिन्न क्षेत्रबाट विकासका कार्यमा अवरोध आयो तर पनि एक त हामी अहिले पर र वर को अवस्थामा
छौ । नगरपालिकाले पनि साविक सुन्दरदुलारीलाई त्यति आवश्यक ठान्दैन एक ठाउँ केन्द्रीत विकासका योजनाहरु ल्याउने र त्यसै तर्फ केन्द्रीत हुने देखिन्छ ।
हामी सुन्दरदुलारीको वार्डका जनप्रतिनिधिको कुरा खासै महत्वपुर्ण हुदैन अर्थात जनप्रतिनिधी भन्दा कुनै व्यक्ती विशेष योजनाले नगरपालिका चलिरहेको छ तर पनि हामीमा जिम्मेवारी छ त्यो जिम्मेवारी बाट हामी पर भाग्न मिल्दैन आफ्नो वार्डको जनताको सुरक्षा र आवश्यकता पूरा गर्नु हाम्रो दायित्व हो ।
अध्यक्षको जिम्मेवारी समाल्ने वितिकै देश भर प्राकृतिक विपत्ती आई पर्यो हामिले त्यसलाई पनि सहज वातावरण बनाई जनताको सुरक्षा दिनु चुनौती को विषय बनेको थियो तर पनि हामी कति पनि निराश नभैइ हामी अहिले विकासको कार्यहरु अघि बढाईरहेका छौ ।
चार महिने विते पछि अहिले हामिलाई अलिक सहज भैइरहेको छ तर पनि केही व्यक्ती तथा राजनितिक गतिविधिले हामिलाई केही अवरोध आउने गर्छ तर जब हामिले जनताको काम गर्न भनेर निर्वाचित भैसकेर आएका छौ हामी जनप्रतिनिधी कुनै राजनैतिक पार्टी का मात्र जनप्रतिनिधी हैनौ हामी सबै जनताको जनप्रतिनिधी हौ । त्यो भावनाले अहिले म चलिरहेको छु ।
यसकारणले पनि अहिले यो वार्डमा त्यति विकासका कार्यमा अवरोध सिर्जना भएको छैन । स्थानीय एक युवा भन्छन :- " स्थानिय तहको संरचना भए अनुसार साबिक कोशीहरैचा र साबिक सुन्दरदुलारी नगरपालिका मिलेर बनेको यस नगरपालिकाको वार्ड नं ३ जनप्रतिनिधी भए अनुसार विकासका कार्यहरु तिव्र रुपमा अघि बढेको छ ।
विकासको कार्य कुनै सिलिङ बजेटले मात्र नहुने त्यस बजेटलाई कसरी प्रयोग गर्ने भिजन र ज्ञान हुनु जरुरी छ त्यो गुण ढुंगानामा रहेको बताउछन ।" त्यस्तै राम कार्की भन्छन :- कुनै प्राकृतिक जोखिम आओस या वार्ड मा कुनै समस्या आओस त्यसलाई सजिलै समाधान गर्ने क्षमता ढुंगानामा छ । उहाँ कसैको मुख हेर्नुहुन्न आफैले सक्ने कार्य छ भने उहाँ आफैले त्यसको समाधान गर्दिनु हुन्छ ।
के के विकासको कार्य सम्पन्न भयो ? वार्ड नं ३ मा
१) शिव ढकालक घर पुर्व बेलगाछी सडक एजिङ ग्राभेल सम्पन्न
२) कुखुरा फारम बर्मनिया हुँदै घेरावनि सडक ग्राभेल सम्पन्न
३) गछिया पुल दक्षिण आइतबारे सडक ड्रेन ग्राभेल सम्पन्न
४) वार्ड नं ७ दक्षिण बिचबाध हुलाकी सडक आमझोकी दक्षिण भोजपुरे टोल तथा नया बस्ती टोल त्रीजुगा ग्राभेल स्तर उन्नती
५) चम्पावती मन्दिर जाने सडक ग्राभेल मन्दिर मर्मत
६) नया टोलि आर्यघाट हुँदै शेष नारायण जाने सडक ग्राभेल
७) पुर्णिमा टोल सडक ड्रेन ग्राभेल
८) पशुपती टोल ड्रेन ग्राभेल
९) राजेन्द्र कार्कीको घर पुर्व सडक ड्रेन ग्राभेल
१०) गौरी टोल रेडक्रस हुँदै नयाटोली सडक ग्राभेल
११) त्रीजुगा बाध निर्माण उपभोक्ता समिती
१२) लोकमार्ग दक्षिण वडा नं ७ सिमाना बिचबाध/त्रीजुगा सडक ग्राभेल सम्पन्न
१३) महिला सिपमुलक कार्यक्रम
१४) विधालय खानेपानी तथा शौचालय निर्माण ( श्रीखण्ड मा वि )
१५) विधालय खानेपानी तथा शौचालय व्यवस्थापन ( श्री जनता मा.वि )
१६) गछिया चौकी भान्छा घर निर्माण
१७) नर्सरी मुलगेटबाट पुर्व सडक ड्रेन निर्माण
नगरस्तरिय योजना:-
१) बच्चा पैनी दक्षिण हुलाकी सडक सम्म ड्रेन र उच्च स्तरिय ग्राभेल
२) उदय सत्यालको घर देखि लक्ष्मी नारायण मन्दिर हुँदै गोरखा प्लटिङ सम्म जाने बाटो एजिङ र १ नं ग्राभेल
३) नर्सरी गेट देखि पुर्व तिलक राउतको घर सम्म ड्रेन
४) गक्षा घेरावनी देखि घेरावनी बर्मिनिया हुँदै कुखुरा फारम देखि आमजुगी चोक हुँदै बर्मनिया बाधसम्म ( हुलाकी राजमार्ग ) ग्राभेल तथा ग्रेडर
५) शेषनारायण दिव्य धाम निर्माण
६) जनता प्रा.वि. त्रीजुगा स्कुलमा वाइरिङ तथा खानेपानी व्यवस्थापन
७) श्री खण्ड मा.वि. चार कोठे दुई तले भवन निर्माण
८) लक्ष्मी नारायण मार्ग देखि बेलगाछी जोड्ने सडक ग्राभेल
९) नर्सरी टोल सडक ग्राभेल
१०) गक्षा पुल दक्षिण यमबहादुर राईको घर जाने बाटो ग्राभेल
११) चिचरवना मुल बाटो देखि कृष्ण बहादुरको घर सम्म ग्राभेल
१२) पुर्णिमा टोल सडक ग्राभेल
Post a Comment