Websoft University

यो वर्ष साढे १४ करोड भन्दा बढीले मालपोत राजश्वमा बृद्घि


बिराटनगर, साउन ७ गते । रातो तारा डट कम,मालपोत कार्यालय मोरङ बिराटनगरले गत वर्षको तुलनामा आ व २०७४÷०७५ मा राजश्वमा बृद्घि गरेकोछ । बिराटनगर मालपोत कार्यालयले आ व २०७४÷०७५ को साउन देखि असार मसान्त सम्ममा घर रजिष्टेशन तर्फ रु ५५ करोड १४ लाख १ सय ५१,८८ पैसा, दृष्ट्रिबन्धक,नामसारी,दा खा र प्रशासनिक दस्तुरमा रु ५ करोड ४० लाख ६८ हजार ५०८ उठेकोछ ।
जग्गा धनी पुर्जा बितरणबाट रु ४ लाख ८१ हजार ३२५ उठेको रकमबाट अनुमान गर्दा करिव बिराटनगर मालपोत कार्यालयले यो वर्ष करिव २० हजार रजिष्टेशन गरेको अनुमान गर्न सकिन्छ ।

रोक्का दस्तुरबाट रु १० लाख २ हजार ७५० उठेको थियो भने,बेरुजु दा खा बाट रु ३०,१२११ उठेको थियो भने पुँजिगत लाभव कर रु २१ करोड,४ लाख ८५ हजार ६५२,३३ पैसा उठेको थियो । यो वष उठेको कुल राजश्व रु ८१ करोड ७७ लाख ५४ हजार ६३४,३३ पैसा रहेको कुरा रातो तारा लाई बिराटनगर मालपोत कार्यालयका लेखापाल दुर्गा प्रसाद पोखरेलले जानकारी गराउनु भयो ।

माथि उल्लेखित सबैलाई जोडदा जम्मा यो वर्ष रु ८१ करोड ७७ लाख ५४ हजार ६ सय ३४,३३ पैसा राजश्व संकलन भएकोछ ।

आ व ०७३÷०७४ अर्थात गत वर्ष रु ६७ करोड २३ लाख ७० हजार १९० उठेको थियो यसरी हेर्दा यो वर्ष साउन देखि असार सम्ममा रु १४ करोड ५३ लाख ८४ हजार ४,४४,३३ पैसा बढी उठेकोदेखिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.