Websoft University

डुवान रोक्न महानगरले नाला सफाई अभियान चलायो



बिराटनगर,असार १९ गते । रातो तारा डट कम,विराटनगर महानगरले वर्षादको समयमा हुनसक्ने डुवान समस्या समाधानका लागि नाली सफाई अभियानलाई तीब्र पारेको छ । महानगरले सिंघाइ नदी र केशलिया खोला संग जोडिएका सवै शाखा नालीहरुलाई खोल्ने काम गरिरहेको छ ।

महानगर भीत्रका मुख्य नाली ,पैनी र खोल्साखाल्सीहरु पुरिएकाले सफाई अभियान थालिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिनु भयो । उहाँले गएका वर्षहरुझै यसपटक समस्या नआओस भनेर खोलासंग जोडिएका सवैनाला सफाई गराउने काम भइरहेको बताउन’ भयो । 

निकासका नालाहरु सफा नहुदा गत वर्ष विराटनगर वासीहरुले ठुलै सास्ती वेहोर्नु परेको थियो । सामान्य वर्षाद हुदासमेत जलमग्न हुने विराटनगरको यो समस्या समाधानका लागि महानगर पुर्व तयारी गरिरहेको छ । स्काभेटरको प्रयोग गरेर ठुला नालीहरु सफा गर्ने देखी सडक नालाको समस्या समाधानमा महानगर जुटिरहेको छ । व्यपारिक विस्तार आयोजना सिक्सलेन संग अधिकांश नालाहरु जेडिएकाले केही डुवान समस्या भने यसवर्ष पनि झेल्नु पर्ने हो की भन्ने आशंका रहेको मेयर पराजुलीको भनाई छ ।

वडास्तरमा स्काभेटर र जनशक्ति प्रयोग गरेर नाला तथा खोल्सा खोल्सी सफा गर्ने काम भइरहेको छ । विराटनगर स्थित वार्ड नं १२ मा रहेको च्याङवारी सफा गराउनका साथै ११ सय मिटर आउटलेट ड्रेन बनाउने काम अन्तिमचरणमा पुगेको छ भने वार्ड नं ६ र वार्ड नं १२ मा जोडिदै केशलिया पुग्ने धोदुवा पैनी सफा गराउने काम सम्पन्न भइसकेको छ । यस्तै सिंघाइ संग जोडिएका वार्डहरुका सवै नालीहरु सफा गराउने काम भइरहेको छ । सिंघाइ र केशलीया संग जोडिएका सवै नालाहरु पुर्ण रुपमा सफाइ भए डुवान समस्या समाधान हुने महानगरको दावी छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.