Websoft University

पाटी एकिकरणले प्रतिपक्षीको रुवावासी–नेता नेपाल


बिराटनगर,असार २२ गते । रातो तारा डट कम, नेपाल कम्युनिष्ट पाटीले आज यहाँ अगुवा कार्याकर्ता भेटघाट कार्याक्रमको आयोजना गरेको थियो ।

नेकपाका वरिष्ट नेता कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व प्रधन मन्त्री मादव कुमार नेपालले आज बिराटनगरमा अगुवा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै,नेपालका ठुला ठुला कम्युनिष्ट पाटीको एकतालाई एउटा घटना वा परिघछनाका रुपमा लिन सकिन्छ भन्नु भयो ।

पाटी एकताले पाटीको दाइत्वा बढेको बताउदै वहाँले यो कार्य सानो चाने चुने कार्य नभएको पनि बताउनु भएकोछ ।

यो एकताले एका तिर खुसियालि भएको तर अर्को तिर प्रतिपक्षमा रुवावासी भएको भन्दै साना मसिना कुरामा अल्इिाएर नकारात्मक बाटो बिपक्षीले रोज्न नहुने बताउनु भयो ।

प्रतिपक्षले पनि सरकारलाई नकारात्मक कुरा तिर जानबाट रोक्न सकारात्मक भएर प्रतिपक्षिको भुमिका खेल्नु उपयुक्त हुने बताउनु भयो ।

बहुदलिय व्यवस्थाको सुन्दरतामा आम जनताको बिश्वास रहेकाले ठुलो पाटी भनेर घमण्ड नर्ग कार्यकताहरुलाई निर्देश गर्दै,खराव काम गर्नु भन्दा राम्रँ काम तिर लाग्नु उचित समय रहेकोले यो पाटी जनता कार्यकता र नेतासम्म सहकार्य गर्ने जनताको पाट िहो भन्नु भयो ।

हिजो पाटीमा कार्यकता जता खोज्नु पर्ने बेला गियो तर आज त्यस्तो समय नभएको बताउदै नेपालले भन्नु भयो पाटी एकिकरण भए पनि संगठमा मिलाउनु पर्ने माथि दखि तलै सम्म काम कुरा रहेकाले राम्रो काम गरेर पाटी कार्यकताहरुले जनताको मन जित्नु पर्छ भन्नु भयो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले पनि बोल्नु भएको थियो।

कार्यक्रमा स्वागत र सभापतित्व नेकपा मोरङका अध्यक्ष तथा पाटी केन्द्रिय सदस्य बिनोद ढकालले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.