शिव भट्टराई - मोरंङ असार १८ गते । रातो तारा डट कम,
मोरङ्गको सुन्दरहरैँचा ५ मा रहेको हसिना सिमसार क्षेत्रमा निर्माण भएका दुईवटा स्ट्याचुको उद्घाटन गरिएको छ।
सुन्दरहरैँचाका मेयर शिव ढकाल र उपमेयर धनमाया तामाङ्गले स्ट्याचुको उद्घाटन गर्नुभएको हो।नेपाल पर्यटन बोर्ड, सुन्दरहरैँचा नगरपालिकाद्वारा प्रदान गरिएको नौ लाख रुपैँयाबाट सिमसारमा निर्माण भएको बनमान्छे र रेडपाण्डाको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।
स्ट्याचुको निर्माणसँगै नौ लाख रुपैँयाबाट हसिना सिमसार क्षेत्र भित्रको करिव दुई किलोमिटर रिङरोडमा ग्राभेल गरिएको हसिना सिमसार संरक्षण तथा पर्यटन बिकास सँस्थाका सचिव शिव राईले बताउनुभयो।कार्यक्रममा सुन्दरहरैँचा वडा नम्बर ५का वडाध्यक्ष राम प्रसाद रिजालले नगरपालिकाले साबिक सुन्दरदुलारी नगरपालिका क्षेत्रलाई मेयरले उपेक्षा गरेको आरोप लगाउनुभयो।
उहाँले साबिक सुन्दरदुलारी नगरपालिका क्षेत्रमा बिकास निर्माणका काममा पछि पारिएको आरोप लगाउनुभयो।कार्यक्रममा हसिना सिमसार संरक्षण तथा पर्यटन बिकास सँस्थाका अध्यक्ष पर्शुराम घिमिरेले सिमसार क्षेत्र आवश्यक प्रचारप्रसारमा पछि परेको भन्दै संरचना निर्माण लगायतमा नगरपालिकाले आवश्यक सहयोग नगरेको आरोप लगाउनुभयो।
उहाँले ७५ बिगाहा क्षेत्रफलमा रहेको सिमसारका लागि नौलाखले केहि नहुने भन्दै नौ करोड आवश्यक पर्ने बताउनुभयो। कार्यक्रममा नमुना सामुदायिक बन उपभोक्ता समुहका घनश्याम न्यौपाने, स्थानीय ज्ञानेन्द्र ओझालगायतले हसिना सिमसारको समस्या देखाउँदै नगरपालिकाले आवश्यक सहयोग नगरेको बताएका थिए।
Post a Comment