बिराटनगर, साउन ११ गते । रातो तारा डट कम,
१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शुक्रबार मिडियाकर्मीहरुसंग भेटघाट गर्नु भएको छ ।
प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा १ नं. प्रदेश अतर्गत रहेका बिभिन्न मिडियामा आबद्ध रहेका ३८ जना मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षकले १ नं. प्रदेश अन्तर्गत रहेका १४ वटा जिल्लाहरुको अपराधिक स्थितीको तथ्याङगत बिश्लेषण, प्रशासनिक कार्य तथा १ नं. प्रदेश प्रहरीको भावी रणनीति लगायत प्रहरीको गतिबिधीको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. रिजालले मिडियाकर्मीहरुबाट उठेका बिबिध जिज्ञासाहरु तथा गुनासोहरुको बारेमा समेत प्रस्ट पार्नु भएको थियो ।
Post a Comment