श्याम राई-उदयपुर-गाईघाट, असार २० घते । रातो तारा डट कम,चौढण्डी नगरपालिका वडा न.६ स्थित द्धारा खोलामा बुधबार विहान नवजात बेलटार बजार नजिकैको द्धारखोलामा साल नाल काटिएको अवस्थामा करिब नौ महिनाको शिशुको शब फेला परेको ईलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक गंगा पौडेलले बताएका छन् ।
बालको सालनाल काटदा प्रयोग गरिएको मेडिकल धागो नाभीमै रहेकोले अवैध रूपमा गर्भपतन गराएर बालकको शब खोलामा फालेको हुन सक्ने निरीक्षक पौडेलको भनाई छ ।
बालकको शब बेलटार प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर अनुसन्धान शुरू गरीएको प्रहरीले जनाएका छन् ।
Post a Comment