श्याम राई-उदयपुर-गाईघाट, असार १८ गते ।
रातो तारा डट कम,विहानदेखि परेको भारी वर्षाको कारण सोमबार उदयपुरको पहाडी भेगका ग्रामीण सडकहरुमा यातायात सेवा अवरुद्ध भएको छ ।
विहनै देखि परेको मुसलधारे वर्षाले अधिकांश ग्रामीण सडकहरुलाई क्षति तुल्याएपछि पहाडी भेगमा यातायात चल्न नसकेको यातायात व्यावसायीहरुले बताएकाछन् ।
वर्षाले गाईघाट– दिक्तेल सडक, रौता–साउने, पुवारे–भुटार, कटारी–हर्कपुर, बेतिनी–माझखर्क सडक लगायत एक दर्जन बढी सडक बाटोलाई अवरुद्ध तुल्याएपछि विहानै देखि ती सडक खण्डमा यातायात चल्न नसकेको हिमाली यातायात व्यावसायी संघ उदयपुरका कोषाध्यक्ष विष्णु श्रेष्ठले बताए ।
‘पहाडी भेगको सबै सडक बाटो अवरुद्ध भएकोले विहानदेखि कुनै पनि सवारी साधन चलेका छैनन् ।’
उनले भने । भारी वर्षाले ठाउँठाउँमा सडक विगारेको पहिरो गएको र बाटो बगाएकोले यातायात अवरुद्ध बनेको उनले बताए । वर्षाले पहाडी भेगमा मात्र नभएर तराईका केही सडक खण्डमा समेत क्षति पु¥याएको छ । गाईघाट–फत्तेपुर, बेलटार–गाइघाट सडक खण्डमा समेत यातायात ठप्प भएको छ । वर्षाको कारण पुल नभएको नदी नालामा आएको बाढीले गर्दा ति क्षेत्रमा यातायात चल्न नसकेको बेलटारका गाडी व्यावसायी हरी कार्कीले भने ।
भारी वर्षा कै कारण जनजिवन प्रभावित बन्न पुगेको छ । सदरमुकाम गाईघाट बजारमा दिउसो अवेर सम्म अधिकांश बजार पसल बन्द रह्यो भने बजार क्षेत्रको सडक बाटोमा पानी जमेर अवातजावतमा कठिनाई भएको छ ।

Post a Comment