Websoft University

विशालु सर्पको टोकाईबाट कटारीमा आज सम्म ५ जनाको ज्यान गयो

श्याम राई-उदयपुर,गाईघाट,श्रावण ७ गते । रातो तारा डट कम,उदयपुरको कटारीमा सर्पको टोकाईबाट सोमबार विहान एक जना बालकको मृत्यु भएको छ ।

कटारी नगरपालिका वडा न. २ ग्रासका १० वर्षिय बालक विकास कार्कीको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो । आईतबार मध्य राती घरमा सुतिरहेको बेला कार्कीलाई विशालु सर्पले टोकेको कटारी उद्योग वाणिज्य संघका सदस्य पवन श्रेष्ठले बताए ।

राती नै उपचारको लागि अस्पताल भर्ना गरिएका बालकको उपचारको क्रममा विहान ८ बजे मृत्यु भएको थियो ।
कटारी लगायतका आसपासका क्षेत्रमा गोमन र करेत सर्पको विगविगी वर्षादको समयमा हुने गरेको छ ।

गत बैशाखदेखि साउन ६ गते सम्म विशालु सर्पको टोकाईबाट दुई बालक सहित ५ जनाको मृत्यु भैसकेको कटारी अस्पतालले जनाएको छ । कटारी बजारमा सर्पदशंको विरामीको भरपर्दो उपचार अभाबका कारण वर्षेनी सर्पको टोकाईबाट मृत्यु हुने गरेकाछन् ।

वर्षा समयमा सर्पको विगविगी हुने यस क्षेत्रमा सर्पदंशको उपचारको लागि छुट्टै केन्द्र स्थापना गर्न स्थानीयहरुले पटक पटक आग्रह गर्दै आईरहेकाछन् ।

कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले यसै वर्ष कटारी अस्पतालमा सुविधा सम्पन्न सर्पदशं उपचार केन्द्र स्थापना गर्न लागिएको बताए ।

अव चाँडै शुरु गर्छौ । सर्पदंश उपचार केन्द्रको लागि आवश्यक बजेटको व्यावस्था भैसकेको छ ।’ उनले भने,‘अब सर्पको टोकाईबाट उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.