Websoft University

वार्षिक तीस अर्बको फर्निचर कारोबार भयो


काठमाडौँ, असार २५ गते । रातो तारा डट कम, नेपालमा घर सजाउनका लागि महत्वपूर्ण मानिएको फर्निचरको वार्षिक कारोबार रु ३० अर्ब बराबरको हुने गरेको छ । पछिल्लो समयमा नेपाली उत्पादनबाटै आत्मनिर्भर हुने बाटोमा गएको भए पनि विदेशबाट आयात हुने फर्निचरको मात्रासमेत बढिरहेको छ ।

नेपाली मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन चाहने उपभोक्तालाई नेपाल फर्नीचर तथा फर्नि्सिङ संघले मेलाको आयोजना गर्ने भएको छ ।

संघका अध्यक्ष राजेश अग्रवालले फर्निचरको उत्पादन तथा प्रयोगका बारेमा जानकारी दिन मेलाको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्नुभयो ।

फर्निचर तथा फर्नि्सिङको बारेमा एकै छानामुनी जानकारी दिने उद्देश्यले आगामी भदौ १४ गतेदेखि मेलाको आयोजनाको गरिने भएको छ । नेपाल फर्निचर्स तथा फर्नि्सिङ संघले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मेलामा विश्वमा पछिल्लो समयमा प्रचलनमा आएका फर्निचरको बारेमा विशेष जानकारी दिइने र व्यापारसमेत गरिनेछ ।

पछिल्लो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्ःपो उचित गन्तव्य हुने बताइएको छ । एक्ःपोको व्यवःथापन इभेण्ट सोलुसनले गर्नेछ । मेलामा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ ।

यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर मेशिनरी औजारका साथै वाःतुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको दाबी छ । पछिल्लो दिनमा नेपाल फर्निचर तथा फर्नि्सिङमा आत्मनिर्भर हुने बाटो अघि बढेको भन्दै नेपाली उत्पादनको नेपालीले नै प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

वर्से्नि आयोजना हुँदै आएको एक्ःपोको छैठौँ संःकरणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने मेलाका संयोजक शुभेन्द्र जोशीको भनाइ छ । इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा मेलाको आयोजना हुन लागेको बताउनुभयो ।

पाँच दिनसम्म चल्ले उक्त मेलामा ःवदेशी तथा विदेशी गरी १०० भन्दा बढी फर्निचर र फर्नि्सिङ सामग्रीका कक्ष रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्नि्सिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा मेलाको आयोजना हुँदै आएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.