शिव भट्टराई - मोरङ साउन ८ गते । रातो तारा डट कम,
मोरंङको सुन्दरहरैचा-७,को गोठगाऊमा १ करोड बढीको लागतमा दुध प्रशोधन तथा दुद्यजन्य सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ।
यस क्षेत्रका दुद्य उत्पादक किसानहरुले दुधको मुल्य नपाइरहेको गुनासो गरिरहेको समयमा मोरगङको गोठगाउमा दुद्यजन्य सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालनमा आएपछि किसानहरु अहिले उत्साहित वन्न थालेका छन ।
मोरगंको सुन्दरहरैचा ७ गोठगाउँमा दुद्यजन्य सामाग्री उत्पादन गर्ने गरी गौं बर्षा ब्राण्ड सञ्चालनमा आएपछि सो क्षेत्रका किसानहरु उत्साहित वन्न थालेका हुन।
स्थानीय बासी सन्चालक सिताराम भट्टराई , पेशल पोखरेल,नवराज पोखरेल लगायतले गौं बर्षा ब्राण्ड सञ्चालनमा ल्याएपछि यस क्षेत्रका किसानहरुले दुधको मुल्य राम्रो पाउन थालेका छन ।
पुर्वी नेपालमै दुध उत्पादन बढी हुने स्थानका रुपमा रहेको गोठगाउँका किसानहरुको उत्पादनले बजार नपाई रहेको समयमा उद्योग सञ्चालनमा आएपछि केही उत्साह जगाएको साना किसान सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रविन्द्र आर्चाय वताउछन ।
किसानहरुबाट संकलन हुने दुधबाट आफनै ठाउँमा दुध प्रशोसन गरी दुद्यजन्य सामाग्रीहरु उत्पादन हुने भएपछि संस्थाले समेत सहयोग पुर्याएको आचार्यले जानकारी दिए ।
गत जेष्ठ महिना देखि सञ्चालनमा आएको उद्योगबाट दैनिक दुध प्रशोधन गरी प्याकेजीगं गर्ने , दहि ,मोही , नौनी उत्पादन गर्ने काम गर्ने गरेको उद्योगका सञ्चालक सिताराम भट्टराई वताउछन । केही समय यता देखि पुर्वी नेपालका बजारहरुमा गौं बर्षा व्राण्डको नाममा दुद्यजन्य सामाग्रीहरु उत्पादन गरी विक्री वितरण सुरु गरेको उद्योगका उत्पादनहरुको माग बढ्न थालेको समेत सञ्चालक भटटराईले जानकारी दिए ।
उद्योग सञ्चालन भर्खर भएको कारण बजार माग अनुसार दुद्यजन्य सामाग्रीहरु बजारमा उत्पादन गर्न नसकिएको तर्फ मध्यनजर गर्दै उत्पादन बढाउदै लैजाने बताइएको छ ।
अहिले दैनिक १२ सय लिटर दुध संकलन हुने तथा ४सय लिटर दुद्य प्याकेजीगं गरी बजारमा विक्री गर्ने गरिएको , त्यसै गरी दही मोही र नौनी समेत विक्री गर्न थालिसकेको छ ।
सो उद्योगले किसानहरुसंग गाईको दुध प्रतिलिटर ४८ र भैषीको ५५ रुपौयाका दरले खरिद गर्ने गरेको वताइएको छ । दुध प्रशोधन तथा दुद्यजन्य सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउन करिव एक करोड रुपौया लागत लागेको समेत सञ्चालकहरु वताउछन ।
Post a Comment