विराटनगर महानगरपालिका वार्ड न १ का सुुकुम्वासीहरुले वसोवासको उचीत व्यवस्थापनका लागी माग गरेका छन् ।
एक नम्वर वडा कार्यालयले सडक विस्तार गर्ने भन्दै भटाचौकवाट परोपकार मन्दिर जानेवाटोमा वस्दै आएका ९ घर सुकुम्वासीका घरटहरा हटाउन निर्देशन दिएपछि उचीत व्यवस्थापन गरेरमात्र घरटहरा हटाउन सुकुम्वासीले माग गरेका हुुन् ।
श्रीनगर टोल संगठन क ले विराटनगरमा आज पत्रकार सम्मेलन गरी वसोवासका लागी उपयुक्त विकल्प दिन माग गरेको छ । विगत ३५ वर्षदेखि वस्दै आएका सुकुम्वासीको घर टहरा खाली गर्न वडा कार्यालयले साउन १ गतेवाट तीन दिनको अल्टिमेटम दिएको थियो । सडक विस्तार एंव कालोपत्रेका लागी सुकुम्वासीको घर टहरा हटाउन लागेको वडा कार्यालयले जनाएको छ ।
मोरङ क्षेत्र न ६ का सांसद अमनलाल मोदी महानगरपालिकाका मेयर भीम पराजुली तथा एक नम्वर वडाका वडा अध्यक्ष उद्धव अर्याललाई आफनो पिडा पटक पटक पोख्दा समेत वेवास्ता गरेको स्थानीय ललितवहादुर खडकाले वताए । भोट दिएर जिताएको जनप्रतिनिधीहरुले उठिवास वनाउँन खोज्दापनी नसुनेको उनको भनाई छ ।
यसैगरी हसिना खातुनले वनिवुतो गरेर जिविक चलाउदै आएकाले आफुहरुसंग अन्यत्र घरघडेरी किन्न सकने सार्मथ नरहेको वताइन् । उनले ३१, ३२ वर्षदेखि खोलाको किनारमा वस्दै आएको सुकुम्वासीलाई घर भत्काउन नोटिस जारी गरेपछि रातभर निद्रा नलाग्ने गरेको खातुनले सुनाइन् ।
आर्थिक अवस्थाका कारण खोलामा गएर वस्दा पनि त्याहावाट पनि उठिवास गराउन खोजेको सुकुम्वासीले वताएका छन् । उनीहरुले आफुहरु विकास विरोधी नभएको भन्दै उचित व्यवस्थापन नगरिकन हटाउन खोजिए आफुहरु आन्दोलनमा जाने समेत वताएका छन् । वडा कार्यालयवाट परिपत्र आएपछी भु माफियाले समेत थर्काउन थालेको खडकाको भनाई छ ।
Post a Comment