Websoft University

अव फोहर डसविनमा फाल्ने बानि गरौं


विराटनगर असार २१ गते । रातो तारा डट कम,फोहरमैला व्यवस्थापनका लागि विराटनगर महानगरले “अव फोहर डसविनमा फालौ,, भन्ने नारा सहित विशेष अभियान थालेको छ । विहिवार एक कार्यक्रमका वीच मेयर भीम पराजुलीले डसविन राखेर कार्यक्रमको थालनी गर्न’ भएको हो ।

डसविन महेन्द्रचोक देखि ट्राफिक चोक, मेनरोड ह’दै तीनपैनी ,पानिटंकी देखी पुष्पलालचोक सम्म राखिने भएको छ । विहिवारमात्रै महेन्द्रचोक ,ट्राफिकचोक हुदै गोल्छामोडसम्म २ सय डसविनहरु राखिएको थियो । बाकी डसविनहरु आबश्यकता अनुसार राखिने मेयर पराजुलीले जानकारी दिनु भयो ।

अव चुइगम,लकलेट ,विस्कुटका खोलहरु साथै विभिन्न प्रकारका फोहरजन्य पदार्थहरु डसविनमा फाल्न’पर्ने छ । फोहर व्यवस्थापनलाई  विशेष अभियानकै रुपमा निरन्तरता दिने मेयर पराजुलीको भनाइ छ । कार्यक्रमका विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल ,सम्युक्त टोल संगठनका संयोजक राजेश मास्के ,वडाध्यक्षहरु निश्चल अर्याल, जिल्ला ट्राफिक कार्यालयका प्रमुख शिब पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.