काठमाडौँ,असार २१ गते । रातो तारा डट कम, नेपाल पत्रकार महासंघले तयार गरेको आमसञ्चार माध्यमसम्बन्धी विधेयक, २०७५ को मस्यौदा सरकारलाई बुझाएको छ ।
सबै खालका सञ्चारमाध्यमका लागि एकीकृत कानून हुनुपर्ने, सञ्चारसम्वन्धी कानूनमा कुनै पनि आधार वा अवस्थामा मिडियालाई नियन्त्र गर्न सक्ने प्रावधान राख्न नहुनेलगायत विषयलाई अब बन्ने आमसञ्चार ऐनमा समावेश गर्नुपर्ने बुँदासहितको मस्यौदा महासंघले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बुझाएको हो ।
सो अवसरमा मन्त्री बाँस्कोटाले महासंघले तयार पारेको मस्यौदालाई जस्ताको त्यस्तै कानूनको रुपमा ल्याउन नसकेपछि मस्यौदाको आशयअनुसार सम्बन्धित निकायको सल्लाह र सुझावका आधारमा नै सरकारले एकीकृत आमसञ्चार ऐन ल्याउने तयारी गरिएको बताउनुभयो ।
आमसञ्चार माध्यमलाई मर्यादीत, विश्वसनीय र जिम्मेवार बनाउँदै सामाजिक मिडिया र मूलधारका मिडियाबीचको भिन्नता छुट्याउने गरी नयाँ आम सञ्चार ऐन ल्याउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकार एनेमा व्यापक र विस्तृत प्रावधान रहेकाले त्यसलाई नयाँ बन्ने आम सञ्चार ऐनमा समावेश नगरी श्रमजीवी पत्रकार ऐनमा नै थप सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

Post a Comment