Websoft University

छात्रा माथी र्दुव्यवहार गर्ने पियनले कारवाहीवाट जोगिन दिए



शिव भट्टराई - सुनसरी,असार १९ गते । रातो तारा डट कम,
इटहरी स्थित जनता माविका छात्राहरुलाई र्दुव्यहार गरेको भनेर चर्को आलोचना भएपछि वदनामीवाट बच्नकै लागि जनता स्कुलका पियनका रुपमा लामो समय देखि कार्यरत नारायण रिजालले कारवाहीवाट जोगिन राजिनामा दिएको सार्वजनिक भएको छ ।

केहि दिन अघि विध्यालयकै शिक्षिकाले कक्षा ५ र ६ मा अध्ययनरत छात्राहरुलाई घण्टी बजाउने समयमा र्दुव्यवहार गरेको देखेपछि खुलेको विषयको विध्यालयले आन्तरीक छानविन गर्ने क्रममा लामो समय देखि छात्राहरुलाई त्यस्तो व्यवहार गर्ने गरेको खुलेको थियो ।

विध्यालयमा अध्यनरत छात्राहरुका अभिभावकले संचारकर्मी सामु यो विषय लगेर उनलाई जोगाउने कोसिस गरेको बताएपछि विध्यालय पुगेका संचारकर्मीलाई समेत छात्राहरुले पियन रिजालले लामो समय देखि त्यस्तो गर्ने गरेको बताएपछि उनी विध्यालय छाडेर बाहिरीएका थिए ।

विध्यालयका शिक्षक , कर्मचारी , अभिभावक र व्यवस्थापन समितिले सो विषयलाई गम्भीर रुपमा लिँदै छानविन र कारवाही अघि वढाउने तयारी थालेपछि लामो समय देखि संरक्षणका भरमा कारवाहीवाट जोगिदैं आएका पियन रिजालले व्यक्तिगत समस्या देखाउँदै विध्यालयवाट राजिनामा दिएका हुन् ।विध्यालयमा अध्यनरत छात्रामाथि उनले लामो समय देखि गर्दै आएको र्दुव्यवहारका विषयमा बुझ्न पटक – पटक सम्पर्कको प्रयास गर्दा पनि सफल भएन । उनले आफुले चलाउँदै आएको मोवाईलमा समेत फोन रिसिभ गरेनन् ।

विहिवार विध्यालयमा यो विषयमा संचारकर्मी समेतको उपस्थितमा छलफल भईरहेको समयमा विध्युत अफिसमा शुल्क बुझाउने भनेर हिंडेका उनी विध्यालय फर्केनन् । उनले कारवाही र बदनामी हुने देखेपछि शुक्रवार विध्यालयका प्रधानाध्यापक समेत नरहेको समयमा निजी समस्या देखाउँदै शुक्रवारवाटै लागु हुने गरी पदवाट राजिनामा दिएको विध्यालकै एक शिक्षकले जानकारी गराएका छन् ।

विध्यालयका प्रधानाध्यापक छत्रपति ढुंगेलले पियन रिजालले छात्रामाथि र्दुव्यवहार गरेको विषय आएपछि त्यो विषयमा विध्यालयमा छलफल भएको बताएका छन् । उनले छलफलका लागि पियन रिजाललाई बोलाएको भएपनि उनी नआएर भोलीपल्ट राजिनामा पठाएको जनाएका छन् ।

लामो समय देखि पियनका रुपमा कार्यरत रिजालले विध्यालयमा शिक्षक नभएको समयमा कक्षा कोठा भित्र प्रवेश गरी छात्रालाई मात्रै त्यस्तो व्यवहार गर्ने गरेको अनि अन्य कोहि नभएको समयमा पनि छात्राहरुलाई तानेर र्दुव्यवहार गर्ने गरेको जनाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.