गाईघाट,असार १७ गते । रातो तारा डट कम,
लागू औषध सेवन कर्ताहरुले एकान्त ठाउको सट्टा मंदिर आसपासका क्षेत्रहरु प्रयोग गर्न थालेकाछन् ।
प्रहरीले लागू औषध सेवनकर्ता र कारोबारी विरुद्ध तीब्र रुपमा अभियान शुरु गरेपछि उनीहरु जमघट हुने एकान्त ठाउँ, नदी किनार र मशानघाटलाई प्रयोग गर्न छाडी मंदिर र सार्वजनिक स्थललाई आश्रय बनाउन थालेकाछन् ।
शनीबार राती मंदिर क्षेत्रबाट तिन जना लागू औषध सहित पक्राउ परेकाछन् । त्रियुगा नगरपालिकाको वडा न. ११ स्थित राधाकृष्ण मंदिरबा राती ८ बजे प्रहरीले ५० ग्राम गाजा र प्रतिवन्धित आपडोल ५२ ट्याबलेट सहित गाईघाट बोक्सेका रमेश मल्लिक(२०), सिराहाको लाहान नगरपालिका वडा न.११ का अनिल कुमार चौधरी(२२) र लाहान नपा १२ का सादि प्रसाद साह(२०) लाई पक्राउ गरेको हो ।
प्रहरी अनुसन्धानबाट उनीहरु लागू औषध सेवनकर्ता भएको खुल्न आएको छ । प्रहरी हिरासतमा रहेका उनीहरुले प्रहरीबाट सुरक्षित रहन मंदिर क्षेत्रलाई प्रयोग गरेको बताएकाछन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. नवराज भट्टले लागू औषधका दुब्र्यसनीहरुले मंदिर क्षेत्रलाई प्रयोग गर्न थालेको बताए । श्याम राई-उदयपुर
Post a Comment