Websoft University

संन्चार नीति तथा कानुन छिटैआउने–अव बन्ने कानुनमा अनलाईन पनि समेटिने


बिराटनगर,असार २३ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ मोरंङले आज यहाँ संन्चार नीति तथा कानुन बिषयक एक दिवसीय गोष्टीको आयो जना गर्यो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका महासंचिव रमेश बिष्टले कार्यक्रमलाई सम्वोधन गर्दै,वहाँले भन्नु भयो, महासंघले पत्रकारहरुको सिर निउराउने काम होइन उठाउने काम गर्छ भन्नु भएकोछ ।

श्रम जिवी पत्रकार ऐन छापा पत्रीका अनलाई र (फेसबुक सोसलमिडिया)का बारेमा धेरै कुरा राख्दै नयाँ बन्ने कानुनमा अनलाई पत्रकारीतालाई समेटेर लैजाने र फेसबुक सोसलमिडियाको बारेमा यो के हो ? सरकारमा दर्ता नभई मनपरि लेख्न पाईने कि ? नपाईने बहुदलीय कम्पनी दर्ता गरेर अनलाइन पनि चलाहानु न भन्ने उदेश्य बाट चलेका अनलाइन काबारेमा के गर्ने कसरी समाधान गर्ने  सबै कुरा कानुनमा आउन जरुरी छ, भन्नु भएकोछ ।

सहभागिहरुले फेसबुक चलाउने हरुले आफनो वालमा मनपरी गालिगलो लेख्ने अनि गालि सधै पत्रकारले खाने यि पत्रका हुन कि होइनन्, यिनले साइबर क्राइमको बारेमा कानुनको जानकारी लिन जरुरी छ कि छैन, सबै कुराको अध्यान गर्न जरुरी रहेको बताउनु भएकोछ ।

असोज २ गते भित्र कानुनहरु बनिसक्नु पर्ने भएकाले अहिले कानुन बनाउन सरकारलाई चटारो परेकोछ, जहिले पनि राज्य कठोर हुने भएकाले कानुन बनाउने कुरामा होस वा अन्य कुरामा पत्रकार महासंघ पत्रकाकरहरु चनाखो रहन जरुरी भएको बताउनु भएकोछ ।

महासंघले सबै पत्रकारहरु संग छलफल गरेर मसौदा सरकारलाई दिइसकेकोले अव आउने कानुनबाट पत्रकार हकहित सरक्षित हुने अनलाई पत्रकारितालाई पनि समेटिनेछ भने फेस बुक सोसलमिडियाका बारेमा पनि केहि कुरा उल्लेख हुने महासचिव रमेश बिष्टले बताउनु भयो । अनलाइन चलाउन
कम्पनीमा दर्ता गर्दा वा सुचना दर्ता  गर्दा अनलाइन मात्र उल्लेख हुनुपर्ने कुरा पनि आैल्याउनु भएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उदव तिम्सिना, नेपाल पत्रकार  महासंघ १ नम्बर  प्रदेश सचिव बिबेक गोतम, महासंघका पुर्व केन्द्रिय सदस्य गणेश लम्साल, नेपाल पत्रकार महासंघ मोरंगका पुर्व अध्यक्ष यज्ञ शर्मा,नेपाल प्रेस चौतारीका अध्यक्ष रामचन्द्र अधिकारी, नेपाल प्रेस युनियानका मोरंग जिल्ला सभापति मिन कुमार नवोदित, अनलाइन मिडिया समुहका अध्यक्ष तेजेन्द्रबहादुर भण्डारी,लगाएतका वक्ताहरुले सन्चार नीति तथा कानुन अव बन्दा कस्ता कस्ताहरुले प्राथमिक्ता पाउनु पर्छ भन्ने बारेमा
आ-आफना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघका मोरङका सभापति बन्धु पोखरेलको सभापतित्वमा भएको थियो भने महासंघ सदस्य    ध्रुव भट्टराईले स्वागत मनत्व्य दिनु भएको थियो । 

हरी अधिकारीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.