Websoft University

अबैध मदिरा बरामद


बिराटनगर  साउन १८ गते। रातो तारा डट कम,
जिल्ला प्रहरी कार्यालय पाँचथरले साउन १७ गते बिहिबार अवैध मदिरा बरामद गरी नष्ट गरेको छ। उक्त कार्यालयबाट गस्तीमा रहेको प्रहरी टोलीले भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा १२६ बोतल सिक्किमे रम फालेलुङ गाउँपालिका ४ बाट बरामद गरेको थियो।

गस्ती टोलीलाई देख्नासाथ मदिरा बोकेका मानिसहरु मदिरा छाडेर भागेपछि प्रहरीले बरामद मदिरा जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई जिल्ला अदालत पाँचथर, जिल्ला प्रशासन कार्यालय पाँचथर, कोष तथा लेखा नियन्त्रक कार्यालय उद्योग बाणिज्य संघ, फिदिम नगरपालिका तथा वडा कार्यालयको प्रतिनिधिको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.