शिव भट्टराई - मोरङ साउन १८ गते । रातो तारा डट कम
मोरङ्गको सुन्दरहरैँचा वडा नम्बर ४ मा नमुना सडक निर्माण गरिएको छ। ४ नम्बर वडा कार्यालय नजिकैबाट ३ किलोमिटर सडक निर्माण गरिएको हो।सो सडक निर्माणका लागि ५७ लाख रुपैँया खर्च भएको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनुभयो।
सडक निर्माणका लागि :-
स्थानीयबासीले २०लाख रुपैँया संकलन गरेका थिए भने अन्य रकम नगरपालिकाले प्रदान गरेको श्रेष्ठको भनाई छ।
सडक निर्माण सँगै नालि निर्माणका लागि स्थानीयले सडकले छोएको जग्गाधनिसँग एकमिटर बराबर ६००रुपैँया संकलन गरेका थिए। टोलको नाम नै नमुना टोल रहेको र सो सडक सुन्दरहरैँचा नगरपालिकाभित्रकै नमुना सडक बनेको सो वार्डका वडासदस्य रबिन्द्र दाहालले बताउनुभयो।
सडक निर्माणको क्रम गएको तीन महिनादेखि जारी रहेको अनि सडकसँगै वडा नम्बर ४लाई नमुना वार्ड बनाउने आफ्नो लक्ष अनुसार काम गरिरहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो।
वडामा नमुना सडक बनेपछि अहिले सो क्षेत्रमा बस्ने जनताहरु पनि निकै हर्षित भएको सडक निर्माण समुहका संयोजक बलबहादुर राईले रातो तारा डट सँग बताउनुभयो।
Post a Comment