झापा, भाद्र ८ गते । रातो तारा डट कम
झापा जिल्लाको मेचीनगर नगरपालिका-६ बाट भाद्र ७ गते बिहिबार राती ८ बजे अन्दाजी २ लाख १० हजार बराबरको अवैध कपडा बरामद गरिएको छ ।
भारतबाट भन्सार छली चोरी पैठारी गर्दै गरेको ३ बोरा कपडा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो ।
गस्तीमा रहेका प्रहरीलाई देख्नासाथ तस्करहरु बोरा फ्याँकेर भागेपछि सो बोरा खोलेर हेर्दा १०० पिस भेष्ट र ४० पिस हाफपेन्ट बरामद भएको थियो । बरामद कपडा शुक्रबार मेची भन्सार कार्यालयमा बुझाईने ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
Post a Comment