मोरङ, साउन १६ गते। रातो तारा डट कम
मोरङको बेग्लाबेग्लै स्थानबाट मंगलबार लागुऔषधसहित दुई युवक पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय रानीले मंगलबार विराटनगर महानगरपालिका १५ जतुवाबाट लागुऔषधसहित जिल्ला दोलखा तामाकोशी गाउँपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय राजेश थापालाई पक्राउ गरेको छ। थापाको साथबाट ४५ पिस नाइट्रोभेट ट्याब्लेट बरामद भएको र उनलाई लागुऔषध ऐन अन्तरगत कारवाही गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
यसैगरी प्रहरी चौकी गछियाको टोलीले लागुऔषध टिडिजेसिक सहित सुन्दर-हरैचा नगरपालिका ७ डिपु चौक बस्ने वर्ष १८ को प्रितम तामाङलाई पक्राउ गरेको छ। प्रहरीले तामाङलाई सुन्दर-हरैचा नगरपालिका ४ बाट फेनारगन मेल्ट ४ एम्पुल, फेनारगन ४ एम्पुल, लुपिजेसिक ४ एम्पुल र डाइजेपाम ४ एम्पुल र २ थान सिरिञ्जसहित पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ।

Post a Comment