Websoft University

मोरङमा बेग्लाबेग्लै दुर्घटनाबाट पाँच घाइते

(फायलफोटो)

मोरङ, साउन १८ गते। रातो तारा डट कम,मोरङको बेग्लाबेग्लै स्थानमा साउन १६ गते बिहिबार बेलुका भएको सवारीदुर्घटनामा ५ जना व्यक्ति घाइते भएका छन। रंगेली नगरपालिका ९ दोहमना स्थित अमरदहको भित्रि सडक खण्डमा साँझ ६ बजे को ११ प २८१७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा सुनबर्षी नगरपालिका ४ बस्ने वर्ष ४५ की चम्पा देवि यादव घाइते भएकी छिन। घाइतेको रंगेली अस्पतालमा उपचार भई रहेको छ भने मोटरसाइकल सहित चालक इलाका प्रहरी कार्यालय दोहमनाको नियन्त्रणमा छन।

यसैगरी पथरीशनिश्चरे नगरपालिका २ बुद्ध चौक स्थित भित्रि सडक खण्डमा साँझ ६,३० बजे पथरीशनिश्चरे नपा९४ बस्ने बर्ष९२१ को दिपेश दर्नालले चलाएको बा २२ प ५५५० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीलाई पथरी शनिश्चरे नगरपालिका २ बस्ने संगीता तामाङ खत्रीको छोरी वर्ष ६ की रानु खत्री घाइते
भएकी छिन। घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भई रहेको छ भने ठक्कर दिने चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा छन।

यसैगरी बेलबारी नगरपालिका ३ भगवती क्याम्पस नजिकै भित्रि सडक खण्डमा बेलुका ८ बजे सोही स्थान बस्ने बर्ष९२३ को अमित बस्नेतले चलाएको को २६ प ४७१६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीलाई सोही ठाउँ बस्ने प्रेम राईको छोरी वर्ष ७ की प्रेमिसा राई घाइते भएकी छन। घाइते बालिकाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ भने चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा छन।

यसैगरी विराटनगर महानगरपालिका २ स्थित भित्रि सडक खण्डमा बेलुका ८स्२० बजे जिल्ला मोरङ बिराटनगर मनपा९३ बस्ने बर्ष९२६ को बिजय भगतले चलाएको को ३१ प ९५८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रंगेली नगरपालिका १ बस्ने वर्ष २४ की सविता चौधरी घाइते भएकी छन। घाइतेको
लाईफ लाईन अस्पताल विराटनगरमा उपचार भई रहेको छ भने चालक र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा छन।

यसैगरी विराटनगर महानगरपालिका ८ मधुमारा स्थित भित्रि सडक खण्डमा बेलुका ८स्३० बजे को १ ह १०४१ नम्बरको अटो रिक्साले पैदलयात्रीलाई ठक्कर दिदा सोही ठाउँ बस्ने वर्ष २१ को राजीव राजवंशी घाइते भएका छन। घाइतेको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भई रहेको छ भने चालक र अटो रिक्सा वडा प्रहरी कार्यालय हाटखोलाको नियन्त्रणमा छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.