शिव भट्टराई सुनसरी साउन २१ गते । रातो तारा डट कम,
सुनसरी क्षेत्रका आदिवासीजनजातीहरुले २४ औं विश्व आदिवासी दिवस मनाउने भएका छन् । यहि साउन २४ गते इटहरीमा भब्यरुपमा नेपालआदिवासी जनजाती महासंघ सुनसरी र इटहरीको संयुक्त आयोजनामा विश्व आदिवासी दिवस मनाउन लागीएको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बिश्वभरका अदिवासीहरुले सन् १९९४ देखि प्रारम्भ गरेको बिश्वआदिवासी दिवसलाई निरन्तरता दिदै सुनसरीका अदिवासी जनजातीहरुले पनि मनाउने गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
बिश्वभरी छरिएका आदिवासी जनजातीहरुको सस्कृति,धार्मीक मुल्यमान्यता र भाषिक लगायतका बिषयमा पछाडी पर्दै आएकोमा यो दिवसलाई सस्करणको रुपमा मनाउन लागीएको नेपाल आदिवासी जनजाती महासंघ सुनसरीका अध्यक्ष राम माण्डुपा राईले जानकारी दिए ।
दिवसको अवसर पारेर जनजातीहरुमाथि भईरहेको अन्याय, बिभेद, शोषण,दमनका बिरुद्ध पनि सबै संगठित भएर आवाज उठाउने कामलाई अगाडी बढाउने नेपाल आधिवासी जनजाती महासंघ इटहरीका अध्यक्ष कर्ण बिक्रम लिम्बुले बताए।
इटहरीमा हुने कार्यक्रममा बिभिन्न सास्कृतिक झाकी सहित कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बिभिन्न संघसस्थाका व्यत्तित्व समेतको उपस्थिति रहेको थियो ।
Post a Comment