Websoft University

संशोधन होइन,संरक्षण आवश्यक छ:मन्त्री आङ्बो


झापा साउन २५ गते । रातो तारा डट कम  प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले वर्तमान संविधानको संशोधन होइन संरक्षण आवश्यक भएको बताउनुभएको छ ।

२४ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा २४ गते भद्रपुर–२ स्थित पृथ्वीनगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले आदिवासी जनजातिले गोजीमा रहेको अधिकार बिर्सेर भूईँमा खोज्ने काम गर्न नहुने बताउनुभयो ।

उहाँले अहिलेसम्म प्राप्त भएको अधिकारको संरक्षण नगरी संविधान संशोधनका मुद्दा मात्र उठाउन खोजिए संघीयता, धर्मनिरपेक्षतालगायतका अधिकार गुम्नसक्ने संकेत गर्नुभयो । मन्त्री आङ्बोले सरकारले सस्तो लोकप्रियता नचाहेको स्पष्ट गर्दै आर्थिक क्रान्तिको अर्जुन दृष्टिमा लागेको उल्लेख गर्नु
भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.