सुनसरी, साउन २२ गते । रातो तारा डट कम
सुनसरी जिल्लाको ईनरुवा नगरपालिका-४ बाट मंगलबार १ लाख ३३ हजार रुपैया बराबरको अवैध सुर्ती तथा मल सहित १ जना पक्राउ परेका छन ।
भन्सार छली गरी ल्याएको सुर्ती र मल सहित प्रहरीले ईनरुवा नगरपालिका-४ बस्ने सहदेव मेहेतालाई पक्राउ गरेको हो। मेहेताले भारतबाट चोरी छिपाई ल्याएको सुर्ती र मल ईनरुवा नगरपालिका-४ मा कोठा भाडा लिई भण्डारण गरेको छ भन्ने विशेष सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले मंगलबार बिहान मेहेताको कोठामा खानतलासी गर्दा ठूलो परिमाणमा सुर्ती, सुर्ती प्याकिङ गर्ने प्लाष्टीकको खोल, तयारी सुर्तीका प्याकेट, बिडी र गुणस्तरहिन भारतीय कृषी मल तथा साइकल बरामद गरेको थियो ।
बरामद सामानसहित मेहतालाई मंगलबार नै आवश्यक कार्वाहीको लागी सेतु बन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको छ ।
Post a Comment