मोरङ, भाद्र ९ गते । रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१८ बाट शुक्रबार भन्सार छलेको सिमेन्ट सहित ट्याक्टर बरामद गरेको छ ।
सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत उक्त कार्यालय तथा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले शुक्रबार बिहान १० बजे भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको १५० बोरा सिमेन्टसहित को १ त ८४५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
गस्तीमा रहेको प्रहरीले ट्याक्टर चालक तथा सिमेन्ट धनि विराटनगर-१८ बस्ने वर्ष २८ को पंकज यादवलाई नियन्त्रणमा लिएको छ ।
बरामद सिमेन्टको मूल्य १ लाख ३५ हजार तथा ट्याक्टरको २ लाख बिगो राखी सिमेन्ट तथा ट्याक्टर सहित यादवलाई आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Post a Comment