Websoft University

विवाद निरुपणका लागि विराटनगरमा शुरु भयो, संवाद समुह

विराटनगर,साउन १८ गते । रातो तारा डट कम
सबै क्षेत्र समेट्ने गरी एक नम्बर प्रदेशको राजधानी बिराटनगरमा संवाद समुह मोरङ गठन भएको छ । संघियता कार्यान्वयन,स्थानीय तह, प्रदेश र संघ विच श्रोत साधन परिचालन जस्ता बिषयमा विवाद उत्पन्न हुने र यस्ता विवादले द्धन्दको रुप धारण गर्न सक्ने भन्दै विवाद समाधानको साझा थलो संवाद सुमहलाई बनाउने उदेश्यका साथ संवाद समुह गठन भएको हो । मोरङका बिभिन्न राजनीतिक दलका नेताहरु,नागरिक अगुवा, वकिल,पत्रकार, शिक्षक, प्राध्यपकहरुको समुहमा आबद्ध छन् ।

संवाद सुमहमा मोरङका मुख्य राजनीतिक दलका मुख्य नेताहरु, बिभिन्न क्षेत्रका बिषेशज्ञहरु समाजिक आन्दोलनका अगुवाहरुको सहभागिताछ। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बुले स्पस्ट दृष्टीकोणका साथ काम थालिएकाले संवाद सुमहले राम्रो काम गर्ने र मोरङ्गमा शान्ती स्थापनार्थ काम हुने बताए । उनले विवादका धेरै कुरा राजनीतिक स्वार्थसँग जोडिएका हुनाले संवाद सुमहमा आएर राजनीतिक दलका बिचमा संवादहुँदा समस्या समाधान हुनेमा विस्वस्त रहेको बताए । नेकपाका केन्द्रिय सदस्य बिनोद ढकालले विवाद समाधानको अन्तिम सत्य नै संवाद सुमह भएकाले संवाद समुहको आवश्यकता परेको बताए ।

संवाद गर्ने थालो आवश्यक परिरहेकाले संवाद सुमह गठन भएको बताए । राजनीतिक दलहरु एउटै टेवलमा बस्न सके  मात्रै पनि आधा बिवाद निरुपण हुने धारणा उनको छ । उनले बिषय बिज्ञ समेतको समुह रहेकाले विवादको जडसम्म पुग्न र विवाद निरुपण गर्न संवाद समुह सफल हुनेबताए।
कार्यक्रममा नेकपाका नेता गोपी आछामीले संवाद समुहको आगामी यात्रा यसले खेल्ने भूमिका र यसको काम गर्ने शैली र निरन्तराले तय गर्ने बताए ।

संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा प्रदेस सभा सदस्य जयराम यादबले आफू संवाद समुहको सदस्य मात्रै नभएर आयोजक भएको बताए । संबैधानिक संवाद सुमहको सदस्य भएर काम गरिसकेकाले मोरङमा पनि यसको आवश्यकता खड्किएको अवस्थामा संवाद समुह गठन भएकोमा यादबले खुशी व्यक्त गरे । छलफलमा राजपाका केन्द्रिय सदस्य मोहम्बद कादिरले मोरङ्गमा संवाद सुमह गठन भएर शान्ती निर्माणको एउटा खुड्किलो चढेको बताए ।

उद्योग संगठन मोरङ्गका पूर्व अध्यक्ष तथा उद्योगी मुकेश उपाध्यायले संवाद सुमहले उद्योगी र स्थानीयबासीबिच भइरहेको विवाद निरुपण गर्न ध्यान दिनुपर्ने बताए ।सदस्यका हिसाबले संवाद सुमहलाई आफू आर्थिक, भौतिक र सवै खाले सहयोग गर्न तयार रहेको बताए । उनले संवाद सुमुहको आफू एउटा सक्रिय र जिम्मेवार सदस्य बन्ने बचन दिए ।

मानवअधिकार रक्षक सञ्जाल प्रदेश नम्बर एकका संयोजक सोमराज थापाले आफूहरुले गर्ने सहयोग सधै रहने बताए। शान्ती निर्माण, विकास र समृधी सँगसँगै जाने भएकाले प्रदेशको समृधीमा काम गर्न आफू सधै तत्पर रहने उनको भनाई छ ।

कार्यक्रममा डा सोम खतिवडाले शान्ती निर्माणको उदेश्य सहित गठन भएको  संवाद सुमहलाई आफूले जानेको ज्ञान बाड्न सधै तयार रहेको बताए । दीगो शान्ती स्थापना नभई समृद्धी नहुने र समृद्धीका लागि शान्ती स्थापना गर्न संवाद सुमह मोरङले भूमिका खेल्नेमा बिश्वास व्यक्त गरे ।

साहित्यकार सिमा आभाषले संवाद समुहको निरन्तरताका लागि सवैले सक्रिय भएर सचिवालयलाई सहयोग गर्ने बताउँदै अहिले समाजमा देखिएका समस्याको पहिचान नै प्रसस्तै रहेकाले समाधान हुने र नहुने बिषयमा बर्गिकरण गर्दै अघि बढ्नु पर्ने बताईन् ।

महेन्द्र मोरङ क्याम्पसका सह प्राध्यापक चन्द्र उपाध्यायले समुह गठन गर्नु नै ठुलो बिषय हो । तर समुह निर्माणले मात्र संस्थाको दिगोपना नहुने भएकोले दिगोपना र टिकाउको लागि अहिले देखि नै श्रोत खोज्नु पर्ने बताए । सबैको आबश्यकता महसुस गरिएको साझा  टेबुल निर्माण गर्न सफल भएकोमा सबैको साथको खाँचो रहेको बताए ।

सुचनाको हकको अभियान्ता राजु श्रेष्ठले जवाफदेहिता पारदर्शीता र शुसासनका लागि शान्ती आवश्यक रहेको र शान्तीका लागि संवाद सुमहले काम गरोस भन्ने शुभकाना व्यत्त गरे । महिला सञ्जालकी अध्यक्ष लिला रिजालले महिलाका मुद्याामा काम गर्नु पर्नेमा जोड दिईन् । महिला संघकी सचिब प्रमिला थापाले भने राजनितीकि दलका ठूला नेताहरु एउटै टेवालमा बस्दा पनि आत्मियता बढ्ने र यसले विवाद निरुपणमा साझा धारणा बन्ने भएकाले संवादको टेवल आवश्यक रहेको बताईन् । निरा भगत थारु र कविता दाहालले संवाद सुमह भनेको साझा थलोको रुपमा सबैले बुझ्नु जरुरी रहेको बताए ।

छलफलमा सहभागिहरुले संवाद सुमहको भूमिका अव अझै बढेर जाने  बताउनु भएको छ । छलपलमा बिराटनगर महानगरपालिकामा देखिएको कर बिवाद र देशकै पुरानो उद्योग जुट मिलको विवादमा काम थाल्ने समेत निर्णय भएको छ । सुमन सुस्केरा


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.