मोरङ, साउन २६ गते । रातो तारा डट कम
ईलाका प्रहरी कार्यालय रानीबाट अवैध घरेलु मदिरा नियन्त्रण अभियानमा खटिएको टोलीले शनिबार मोरङ जिल्लाको विराटनगर महानगरपालिका १७ बाट ५० लिटर अवैध घरेलु मदिरा सहित बिक्री वितरणमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ९ बस्ने वर्ष ३२ को प्रकाश राई र उनको श्रीमती वर्ष २५ की जिमा राई रहेका
छन् । प्रहरीले शनिबार विहान ११ बजे लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ गरेको हो ।
त्यसैगरी सोही टोलीले विराटनगर(१३ र १७ नम्बर वडामा चेकजाँच गर्ने क्रममा सो वडामा रहेका घरेलु रक्सी बनाउने घर तथा बेच्ने पसलहरुबाट ७० लिटर तयारी रक्सी, रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ (जाँड) २ हजार ४ सय लिटर बरामद गरेको छ ।
बरामद मदिरा र मानिस आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालयमा पठाउने तयारी भईरहेको तथा कच्चा पदार्थ स्थानीय भद्र भलादमीको रोहबरमा नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment