बिराटनगर साउन १८ गते । रातो तारा डट कम, १ नम्वर प्रदेश स्थरिया नेपाल विधालय कर्मचारी परिषदले राज्यको दायित्व सामुदायिक विधालयका कर्मचारीको पेसागत स्थायित्व विषयक अन्तरक्रिया कार्यक्रम
गर्यो ।
नेपाल विधालय कर्मचारी परिषद केन्द्रिय कार्यसमितिका उपाध्यक्ष वाल कृष्ण न्यौपानेले उक्त अन्तरक्रिया कार्यक्रमको उदघाटन सत्रलाई सम्वोधन गर्दै,२०३६ साल देखि शिक्षकहरु संग मिलेर आफना माग राख्दै आएका भए पनि २०४७ मा यो संगठन बनाएर आफना माग सरकार समक्ष राख्दैआएको कुरा बताउनु भयो ।
त्यसैगरी २०६३ देखि २०६७ सम्मको विधालय कर्मचारीहरुको सेवा सुविधाका बारेमा कुरा उठाउदै,२०७५्र÷०७६ को बजेटमा उल्लेख भएका कुरा उठाउदै, बजेटमा उल्लेख भएको सुविधा समेत सामुदायक विधालयका कर्मचारीहरुले सुविधा पाउन सकेका छैन्न, सरकारले अव यि विधालय कर्मचारीहरुलाई नेपाल सकारका कर्मचारीले पाउने सरहनै सेवा सुविधा उपलब्ध गराउनका लागि बहस र आन्दोलन सगै अगि बढाउने बताएका छन ।
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रदेश नम्वर १ सामाजिक बिकास मन्त्रालयका अधिकृत बलराम पराजुली, नेपाल शिक्षक महासंघका मोरङका सचिव, शिक्षक महासंघ इाापाका अध्यक्ष बुद्घिमान कार्की,लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा इाापा, मोरग सुनसरी,लगाएत १० जिल्लाका परिषदमा आवद्घ सामुदायिक विधालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सहभागि वक्ताहरुले अहिले एउटा विधालयमा २ देखि ४ जना सम्म यस्ता कर्मचारीको जम्मा संख्य सातै प्रदेशको कुरा गर्दा ४२ हजारको हाराहारीमा रहेका प्रसंङ्खमा जोड दिदै,सरकारले अहिले करिव ४ अर्व थप रकम छुट्याएर अन्य कर्मचारी सरहनै समयोजन गरिदिदा सबै समस्याको समाधान हुने कुरामा बक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्षता १ प्रदेश नेपाल विधालय परिषदका अध्यक्ष विष्णु अधिकारीले गर्नु भएको थियो भने नेपाल विधालय परिषदका मोरङका अध्यक्ष शैलेन्द्र ताजपुरीयाले स्वागत मनत्व्य दिनु भएकोथियो ।
आन्दोलन–
अन्त्यमा प्रथम चरणको आन्दोलनका कार्यक्रमहरु पनि प्रकाशन गरेकाछन
साउन १५ गते मन्त्रालयमा ध्यानाकर्षण पत्र बुइााउने र पत्रकार सम्मेलन गर्ने ।
साउन १७ गते सातै प्रदेशमा आन्दोलनका बारेमा जानकारी गराउने छलफल सुइााव संकलन गर्ने
१८ गते प्रदेश सरकारलाई आफना मागहरु बुइााउने
साउन २४ गते ७७ जिल्लामा कार्यक्रम आयोजना गरेर आन्दोलका कार्यक्रमहरु घोषणा गर्ने रहेकाछन ।
Post a Comment