मोरङ, भाद्र ९ गते । रातो तारा डट कम,
ईलाका प्रहरी कार्यालय रानीले शुक्रबार ट्याक्टर सहित भन्सार छलेको सिमेन्ट बरामद गरेको छ । उक्त कार्यालय तथा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले शुक्रबार बिहान १० बजे भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याएको १५० बोरा सिमेन्ट सहित को १ त ८४५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ ट्याक्टर चालक ट्याक्टर छाडेर फरार भएका थिए । बरामद सिमेन्टसहित ट्याक्टर आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।
Post a Comment