शिव भट्टराई मोरङ साउन २६ गते । रातो तारा डट कम,
इटहरी लेडि जेसिजले जेसिज सप्ताह अन्तरगत शुक्रबार पाँचौदिनमा स्टेशनरी समान बितरण गरेको छ। लेडि जेसिजले ट्यांग्रा खोला किनारमा अध्ययन गर्ने बिद्यार्थीलाई स्टेशनरी सामान बितरण गरेको हो।
जेसिजले ३५दर्जन कपि, १२दर्जन पेन्सिल, १२दर्जन डटपेन र १दर्जन इलेजर बितरण गरिएको कार्यक्रम संयोजक पुजा बोहराले बताउनुभयो। ट्यांग्रा खोलाको डिलमा २०५०साल देखि हरेक दिन स्थानीय चन्द्र भट्टराईले न्युन आय भएका बिद्यार्थीलाई हरेक बिहान पढाउँदै आउनुभएको छ।
२०५०साल माघ २८ देखि हरेक दिन भण्डारीले पढाउँदै आउनुभएको छ। २०५०सालमा कक्षा ५का १०जना बिद्यार्थीबाट शुरु भएको भण्डारीको सेवा अहिले पिपलबोटे स्कुलको नामले परिचित छ।
हाल भण्डारीले नर्सरी देखि ८कक्षा सम्म अध्ययनरत ४०जना बिद्यार्थीलाई त्यहाँ पढाउँदै आउनुभएको छ।
Post a Comment