मोहन कुमार राई-भाद्र १० गते । रातो तारा डट कम, संखुवासभा- चैनपुर स्थित खेलमैदानमा कर्मचारी मैत्रीकेन्द्र चैनपुरद्धारा आयोजित र्कमचारी स्तरीय खुल्ला पुरूष फुटबल प्रतियोगिता एक समारोहका वीच जिल्ला न्याधिश प्रकाश राउतले खेल उद्घाटन गर्नुभएको छ ।
खेलमा कर्मचारी मैत्रीकेन्द्रको तर्फबाट टिम क्याप्टेन सहित जिल्ला न्याधिस प्रकाश राउतको टिम ११ भर्सेस प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी कर्मचारी मिलनकेन्द्र खाँदवारीको टिम फुटवल खेलको प्रतिस्प्रधामा भाग लिएका छन् ।
विहान १० बजेबाट शुरू गरिएको फुटबल खेलको उद्घाटन अघि कर्मचारी मैत्री केन्द्रद्धारा संक्षिप्त कार्यक्रम गर्दै कर्मचारी मैत्री केन्द्र चैनपुरले चैनपुर नगरपालिकाबाट सरूवा हुनुभएका प्रशासकिय अधिकृत गोकुल खड्काको विदाई कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
खेल उद्घाटनको अवसरमा चैनपुर नगरपालिकाका मेयर एवं कार्यक्रमका प्रमुख अतिथि भरतकुमार खत्रीले खेललाई मर्यादित र व्यवस्थीत वनाउन न्यायपालिका सहित कर्मचारी मैत्रीकेन्द्रको टिम र अर्का तर्फ प्रशासनको जिल्लमा लिएको प्रमुख जिल्ला अधिकारी सहितको टिमनै खेलमा सहभागी भएको हुँदा खेल मर्यादित र अनुसासित हुनेमा आफु विश्वस्त रहेको वताउनुभयो ।
कार्यक्रम कर्मचारी मैत्री केन्द्रका संरक्षक जिल्ला न्यायधिश प्रकाश राउतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। जिल्ला भित्र रहेका कर्मचारीवीचको आपसी सद्भाव र मित्रतालाई कसिलो बनाउन यस किसिमको खेलको आयोजना गरिएको खेल आयोजक समितिका सयोजक एवं कर्मचारी मैत्री केन्द्रका अध्यक्ष जिल्ला न्यायधिवक्ता कैलाश दाहालले जानकारी दिनुभयो।
२ सय बढी जिल्ला भरीका कर्मचारीहरूको उपस्थितिमा रोमाञ्चकारी रूपबाट खेलको सुरूवाती भएको थियो ।खेलको मध्यान्तर सम्म चैनपुरले ४ गोल र खाँदवारीले २ गोल हान्न सफल भएपनि अन्त्यमा वरावरी गोल भएपछि पेनाल्टीबाट खाँदवारीले विजयी हुन सफल भएको थियो ।
खेल जित्ने टिमलाई एक वर्षे रनिङ्ग सिल्ड सहित प्रमाण पत्रले सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।
यस अघि कर्मचारी मिलन केन्द्र खाँदवारीले समेत यसै किसिमको फूटबल प्रतियोगिता आयोजना गरिएको कार्यक्रममा कर्मचारी मिलन केन्द्र खाँदवारीले जित हातपार्न सफल भएको प्रजिअ गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो ।
Post a Comment