(फायलफोटो)
सोलुखुम्बु, भाद्र ८ गते । रातो तारा डट कम
सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका-११ तिङला स्थित तल्लो सोलु जलविधुत आयोजनाको मसाला घोल्ने (मिलर) बोकेको टिपर भाद्र ७ गते बिहिबार सडकबाट तल खस्दा १ जना भारतीय कामदारको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भारत पश्चिम बंगाल कोच विहार बस्ने वर्ष २९ को पवित्र पाल रहेका छन् । त्यसैगरी गम्भीर घाइते हुनेमा भारत सिक्किम अपरनेङजे बस्ने वर्ष २८ को संजय सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बिहिबार अपरान्ह ४:३० बजे ड्याम निर्माणको काम सकेर कार्यालयतर्फ फर्कदै गरेको एपि-०४-टिएक्स-८२८४ नम्बरको मिलर बोकेको टिपर दुधकुण्ड नगरपालिका-११ स्थित तिङलामा सडकबाट अन्दाजी २०/२५ मिटर तल खस्दा दुबै जना गम्भीर घाइते भएका थिए । घाइते दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल सोलुखुम्बु लगिएकोमा पवित्र पालको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते संजय सुब्बालाई थप उपचारका लागि काठमाण्डौ पठाईएको छ ।

Post a Comment