विराटनगर,साउन २५ गते । रातो तारा डट कम,प्रदेश न.१ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दवहादुर तुम्वाहाङले प्रदेश न.१को रेडियो, एफएम र टेलिभिजन सम्वन्धमा बनेको ऐन शुक्रबार प्रमाणिकरण गरेका छन् । प्रमाणिकरण पछि अब स्वतः यो ऐन कार्यान्वयनमा आउने छ ।
ऐन कार्यान्वयनमा आएसँगै संचार क्षेत्रको ब्यवस्थापना, नियमन र यस क्षेत्रमा लगानी गर्नेहरुलाई सहज हुनेछ । नेपालको संविद्यानको २०७२ को धारा २०१ को उपधारा २ बमोजिम शुक्रबार विद्येयक प्रमाणिकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुँरागाईले बिज्ञप्ति मार्फत जानकारी दिएका छन ।
प्रदेश सभाको वैठकले पारित गरेको विद्येयक सभामुख प्रदिप भण्डारीले प्रमाणिकरणका लागि साउन १३ गते प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका थिए ।
Post a Comment