Websoft University

सरकारले निर्णय सच्याएर,मजदुरको पारिश्रमिक २२ हजार तोकिनु पर्ने-न तोकिए आन्दोलन चर्काउने


काठमाडौ साउन २६ गते । रातो तारा डट कम,
सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमले आफूहरुको श्रमको अपमान गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकटसहित १४ मजदूर संगठनहरुले नयाँ संघर्षको कार्यक्रम घोषणा गरेका छन् ।

संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी मजदूर संगठनहरुले साउन १५ गतेको निर्णय खारेज गर्न आफूहरुको मागलाई सरकारले बेवास्ता गरेको भन्दै मजदूर संगठनहरुले नयाँ संघर्षका कार्यक्रम घोषणा गरेका हुन ।

सरकारले स्वेच्छाचारी किसिमले मजदूरहरुको न्यूनतम पारिश्रमिक १३ हजार ४५ सय तोकेको भन्दै मजदूर संगठनहरुले खारेजीको माग गर्दै आएका छन् । संयुक्त ट्रेड युनियन संघर्ष समितिले आफूहरुको आधारभूत पारिश्रमिक २२ हजार तोकिनु पर्ने माग समेत गरेका छन् ।

पत्रकार सम्मेलनामा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ,“सरकारले साउन १५ गतेसम्म उक्त निर्णय सच्याई नयाँ निर्णय गर्न माग गरेका थियौँ । उक्त मितिभित्र सरकारले निर्णय न सच्याएमा हामी चरणबद्ध रुपमा अन्दोलनमा जान बाध्य हुनुपर्नेछ र त्यसको सम्पूर्ण जवाफदेही सरकार हुने कुरा समेत जानकारी गराका गराएका छन ।

सरकारको उक्त गैरकानूनी निर्णय र सहमतिप्रति हामी घोर आपति जनाउँदै उक्त निर्णय मान्य नरहेको कुरा जानकारी गराउँदै चरणबद्ध रुपमा अन्दोलनमा जाने घोषणा गरेको बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.