Websoft University

सुन्दरहरैचा ४ मा लागु औषध दुर्व्यसनी विरुद्ध जागरण अभियान।

शिव भट्टराई सुनसरी साउन २२ गते । रातो तारा डट कम
मोरङ्गको सुन्दरहरैँचा ४ स्थित बलियाखाप मुसहर बस्तिमा लागुऔषध प्रयोगकर्ता बढ्दै गएको कुरा खुलेको छ।सुनसरीको इटहरीसँग जोडिएको सो ठाउँमा केहि महिनायता लागुऔषध प्रयोगकर्ताको उल्लेख्य बृद्वि भएको खुलेको हो।

सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४मा पर्ने सो क्षेत्रमा केहि महिनायता अत्यन्तै बिकृति बढेको भन्दै स्थानीय सरोकारवालाले चिन्ता ब्यक्त गरेका थिए। केहि समय अघि मात्रै सो ठाउँबाट केहि यूवाहरुलाई लागुऔषधसहित पक्राउ परेको र इलाका प्रहरी कार्यालय बेलबारीले  प्रशिक्षण दिएर उनीहरुलाई छोड़िएको कुरा वडानम्बर ४का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनुभयो।

मजदुरी गरेर जीवनयापन गर्ने सो क्षेत्रका बासिन्दा हाल बर्षादको समयमा रोजगारी नभएपछि कुलतमा फसेको हुनसक्ने श्रेष्ठको भनाई छ। वडाध्यक्ष श्रेष्ठले सो क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको भन्दै न्युनिकरणका लागि ठोस कार्यक्रम ल्याइएको कुरा बताउनुभयो। सो समुदायमा लागुऔषध प्रयोगकर्ता रहेको भन्दै न्युनिकरणका लागि आँफुहरुले बिशेष कार्यक्रम गरेको श्रेष्ठको भनाई छ।

यसैबीच मुसहर बस्तिको एउटा समुदाय नै लागुऔषधको दलदलमा फसेको भन्दै उनिहरुले बिकृति बिरुद्व लड्न श्याम ऋषिदेवको अध्यक्षतामा समिति गठन गरेका छन्। समितिले समुदाय भित्र परि आउने समस्यासँग जुध्नुका साथै बिकृती अन्त्यको लागि काम गर्ने वडाध्यक्ष श्रेष्ठको भनाई छ।

त्यसैगरी  बिस्तारै यस वार्डको अन्य बिभिन्न टोल बस्तीमा पनि यो अभियान संचालन गर्ने कुरा वार्ड नं.४का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले रातो तारा डट कमलाई बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.