काठमाडौ साउन २७ गते । रातो तारा डट कम,
प्रतिनिधि सभा सदस्य तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमको बीच फाउण्डेशनको रिवन काटेर पूर्व मन्त्री समेत रहेका बस्नेतले उद्घाटन गरेका हुन् ।
कलाकारिता र रेस्लिङ्ग खेललाई एकसाथ अघि बढाएकी भगवती खड्का ‘यूनिका’ ले यो फाउण्डेसन सञ्चालनमा ल्याएकी हुन् । उनी अध्यक्ष रहेको यस फाउण्डेशनले आगामी दिनमा रेस्लिङ्ग प्रति रुचि भएका हरेक नारीलाई खेलको व्यवस्था गरेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य बस्नेतले खेल क्षेत्रमा सम्भावना र चुनौती दुवै रहेको बताए ।
उनले खेल क्षेत्रले समेत राष्ट्र चिनाउने काम गरेको भन्दै यो फाउण्डेसनले राम्रो खेलाडी उत्पादन गर्न सफल रहोस् भनि शुभकामना दिए । उद्घाटन सँगै ९ खेलाडीबीचको रेस्लिङ्ग खेल देखाइएको थियो । भगवती खड्का, ड्रागम मुना र शोभा सुखरियाबीचको त्रिपक्षीय खेल निकै रोमाञ्चक रह्यो ।
ड्रागन मुनाले शोभा र यूनिकालाई हराएर जित हासिल गरिन् । यता उत्तम विष्ट र मनोज पार्करको बीच भएको रेस्लिङ्गमा भने उत्तम विजयी बने । अस्मिता जुरेली र अस्मिता राईको भिडन्त पनि निकै चुनौतीपूर्ण र रोचक रह्यो । मैदानमा भिड्दै गर्दा अस्मिताको गोडामा चोट लाग्न पुग्यो । यी दुईबीचको खेलमा भने अस्मिता जुरेलीले अस्मिता राईलाई हराइन् ।
यता अन्तिम खेल अन्तर्गत बबी पीटर कुमाल र सन्जित खम्बाबीको प्रतिस्पर्धालाई पनि कम आंकलन गर्न मिल्दैन । सन्जितलाई हराउदै बबीले खेलमा जित हासिल गरे । यि सबै खेलमा रेफ्रीको भूमिका गुणराज रुचालले निभाएका थिए ।
फाण्डेसनलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पु¥याउनेहरुलाई सम्मानपत्र र मायाको चिनोबाट सम्मानित गरिएको थियो । कार्यक्रममा कलाकार कमला रेग्मी, द्धन्द निर्देशक योगेन्द्र श्रेष्ठ, समाजसेवी शिव श्रेष्ठ लगायतका व्यक्तित्वको उपस्थिती रहेको थियो ।
अन्तर्वार्ता लिदा लिदै पत्रकार श्यामहरि माथि हातपात -ङ्याकियो घाटी ।
नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन तथा ‘रेस्लिङ्ग शो’ कार्यक्रमको होस्ट गर्दै म । प्रतिनिधि सभा सदस्य तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्तामा सम्पन्न उक्त कार्यक्रममा मलाई सम्झेर कार्यक्रम सञ्चालनको अभिभारा तथा मायाको चिनो प्रदान गरेकोमा नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्ष भगवती खड्का ‘यूनिका’ ज्यू प्रति आभारी छु ।
Post a Comment