Websoft University

उधोग संगठनको भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न


बिराटनगर साउन २३ गते । रातो तारा डट कम, उधोग संगठन मोरंगको आयोजनामा भर्खरै सरूवा भई आउनु भएका मोरंङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी, नेपाल प्रहरी प्रदेश नं. १ का प्रहरी नायव महानिरीक्षक केदार रिजाल, नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) रघुनाथ पौडेल, मोरंङका प्रहरी उपरिकक्षक मनोज कुमार के.सी, सशस्त्र प्रहरीका प्रहरी उपरिक्ष्ँक मनिष थापाको भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न भएको प्रेस बिज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको छ। 

संगठनका अध्यक्ष् भीम घिमिरेले सरूवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्ष्ँक लगायत सबैको स्वागत गर्दै मोरंङ सरूवा भई आउनु भएका प्रजिअ लगायत सबैले माथिल्लो तहमा पुग्ने अवसर प्राप्त गर्नु भएको ईतिहास कायम राख्दै उच्च भावना र प्रशंसनीय काम गर्नु हुने विश्वास व्यक्त गर्दै संगठनको सदैव सहयोग रहने वताउनु भयो। 

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले सबैको शुभेच्छाले आफुहरूलाई काम गर्न मार्ग निर्देशन गरेको वताउनु हुदै आगामी दिनमा सबैको सहयोग र सद्भावको अपेक्षा गर्नु भयो । उहाले कुनै पनि घटना, दुर्घटनाका सूचनाहरू उपलब्ध गराई १ नं प्रदेशलाई १ नं वनाउन शान्ति सुरक्षा कायम राख्दै रचनात्मक र सुधारात्मक कार्यहरू गर्दै अगाडी पढने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले संविधानले नीजि क्षेत्रको भूमिकालाई महत्व दिएको नीजि नीजि क्षेत्रसंग सहकार्य गर्न आफु सदैव तत्पर रहेको वताउनु हुदै भेटघाटले हरेक समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु
भयो ।

उहाले औद्योगिक सचेतनाको हिसावले मोरंग जिल्ला उत्कृष्ट रहेको उल्लेख गर्दै नीजि क्षेेत्र संगको सहकार्य गर्न तयार रहेको वताउनु भयो । संगठनका वरिष्ठ उपाध्यक्ष्ँ सुयष प्याकुरेलले धन्यवाद ज्ञापन गर्दै शान्ति सुरक्षा नभई आर्थिक विकास नहुने भएकाले शान्तिर सुरक्षालाई कायम राख्दै नेपाल सरकारको समृद्ध नेपाल, सुखि नेपाली नारालाई साकार पार्न सबै क्षेेत्र वीच समन्वय र सहयोग हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संगठनका सल्लाहकार एवं संरक्षण समितिका संयोजक सुशिल धनावत, पूर्व अध्यक्ष्ँ दिनेश गोल्छा, शिवशंकर अग्रवाल, उपाध्यक्ष्ँ राजकुमार गोल्छा, राकेश सुराना, कार्यकारिणी समिति सदस्यहरू, संगठनका अध्यक्षीय सल्लाहकार समितिका संयोजक श्रीनिवास सारडा, विभिन्न समितिका संयोजक एवं सदस्यहरू, महिला उद्यम समितिका संयोजक एवं समितिहरू, अर्थविद्ध लगायत उद्योगी-व्यवसायिह रूको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.