Websoft University

पर्याटकिय संभावना भएको मिक्लाजुङको नेसेलुङ्ग डाँडा ओझेलमा

    बन्दै गरेको भ्यु टावर-

शिव भट्टराई मोरङ साउन २६ गते । रातो तारा डट कम,
मोरङ्ग जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३मा रहेको पर्यटकीय क्षेत्र नेसेलुङ्ग डाँडा ओझेलमा परेको छ। आवश्यक प्रचार प्रसार नहुँदा सो क्षेत्र ओझेलमा परेको हो।

पूर्व पश्चिम राजमार्गको उर्लाबारी चोकबाट अन्दाजी १४ किलोमिटर उत्तर तत्कालिन टाँडी गाबिसमा पर्ने बस स्टेन्डबाट सो क्षेत्रमा पुग्न करिव डेढ घण्टा पैदलयात्रा गरेर सो ठाउँमा पुग्न सकिन्छ। बस पनि सो ठाउँमा उर्लाबारीबाट हरेक दुईघण्टामा मात्र जाने गरेको छ।

हाल सो क्षेत्रमा गाउँपालिकाले करिव एक करोड रुपैँयाको लागतमा भ्यु टावर निर्माणको काम शुरु गरेको छ। टावर निर्माणका लागि तत्कालिन टाँडी गाबिसले दुईलाख, सांसद बिकास कोषबाट १०लाख रुपैँया र स्थानीयबासीले संकलन गरेर ६लाख रुपैँया जुटाएका छन्। निर्माणाधिन सो टावरबाट तराईका बिभिन्न जिल्लाको अवलोकन गर्न सकिने साथै सुर्योदय पनि हेर्न सकिने मिक्लाजुङ्ग ३का वडाध्यक्ष खगेन्द्र मादेनले बताउनुभयो।

सो क्षेत्रमा चुलीपोखरी, हर्दिया खोलामा बग्ने पानी ठाउँ ठाउँबाट झर्दा पानी झरनाको रुपमा झरेको देख्न सकिन्छ। झरनामा पुग्न निर्माणाधिन टावरबाट करिव डेढ घण्टा ओरालो झर्नु पर्ने स्थानीय भानुभक्त लुईटेलले बताउनुभयो। मिक्लाजुङ्ग गाउँपालिकाले इलाम जिल्ला, पाँचथर, धनकुटा जिल्लालाई छुने स्थानीय भवानी आर्चायले बताउनुभयो।

चैत्र बैशाखमा हावाहुरीले चुलीपोखरीमा पातपतिंगर हाल्दा एकप्रकारको अनौठो चराले चुच्चाले पात टिपेर पोखरी सफा गर्ने गरेको स्थानीयले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.