विराटनगर, साउन २२ गते । रातो तारा डट कम,
जिल्ला प्रशासन कार्यालय मोरङमा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पत्रकारसँग परिचयात्मक कार्यक्रम गरेका छन् ।
बिहीबारबाट जिल्ला प्रशासन कार्यालय मोरङको कार्यभार सम्हालिरहनुभएका केसीले पत्रकारसंग परिचयात्मक कार्यक्रम गरेका हुन । उनले राज्यले जनताका लागि प्रवाह गर्ने सेवालाई सहज र गुणस्तरीय रुपमा प्रवाह गर्ने बताए ।
उनले मोरङ जिल्लाको शान्ति सुरक्षा थप सुदृढ बनाउँदै महिला हिंसा अन्य प्रकारका हिंसा न्यूनीकरणको प्रयास गरिनेसमेत बताए । विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा जारी विकास निर्माणको कामलाई तीव्रता दिन विभिन्न निकायबीचको समन्वयात्मक भूमिका निर्वाह गर्ने समेत बताए ।
रुकुम घर भएका केसी यसअघि बाँकेमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । उनी राम्रो छबी भएको प्रमुख जिल्ला अधिकारीको रुपमा चिनिन्छन् ।

Post a Comment