Websoft University

यात्रु ठग्ने ७१ ट्याक्सी नियन्त्रणमा

काठमाडौ भदौ २२ गते । रातो तारा डट कम,
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको छ ।

महाशाखाले २१ गते विशेष अभियान सञ्चालन गरी उपत्यकामा भनेको स्थानमा जान नमान्ने, राज्यद्वारा तोकिएकोभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने
र मिटर बिगार्ने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सीका चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । “महाशाखामा ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै परेपछि विशेष अभियान सञ्चालन गरेका हौँ”,उहाँले भन्नुभयो । उहाँले यात्रु ठग्ने ट्याक्सीलाई कारवाहीका लागि निरन्तर अभियान सञ्चालन गर्ने बताउनुभयो ।

महाशाखाले विशेष अभियान सञ्चालनका लागि ८० ट्राफिक प्रहरी खटाएको छ । नियन्त्रणमा लिइएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी रु तीन हजारसम्म जरिवाना गर्ने महाशाखाले जनाएको
छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.