विराटनगर,भदौ १८ गते । रातो तारा डट कम, भौत्तिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारसंग देशको समृद्धि र विकास बाहेक अन्य एजेण्डा अहिले नरहेको वताउने भएको छ ।
यो नयाँ सरकार बन्ने बितिकै राज्यले करिव ८ अर्व ऋण तिर्न, देश सन्चालन गर्न, कानुन बनाउन, नयाँ संरचनामा केन्द्रिय, सरकार, प्रदेश सरकार, र ७ सय ६१ स्थानिय सरकार, समेत परिचालन गर्नु पर्ने जस्तो जटिल समस्यकै बेलामा सरकार बनेको उल्लेख गर्नुभयो ।
निर्माण व्यावसायी संघ मोरङ्को २४ बार्षिक साधारण सभाको आज बिराटनगरमा भौत्तिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उद्घाटन गर्नु हुदै उहांले माथि उल्लेखित कुराहरु बताउनु भएको हो । भौत्तिक पुर्वाधार तथा यातायात मंन्त्री महासेठले मुलुकमा ऐतिहासिक राजनीतिक उपलब्धी पछि राजनीतिक एजेण्डा समाप्त भएकोले अव समृद्धि र विकासका निम्ति मात्र सरकार केन्द्रित छन् भन्दै यही भदौ पछि सरकारले सोचे अनुसारको काम गर्नेे कुरामा जोड दिनेभयो ।
उहांले दृढ इच्छा शक्ति भएको प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प सुखी नेपाली, समृद्ध नेपालको सपना पुरा गर्न पुर्वाधारको विकासमो जोड दिएको चर्चा गर्दै अवको पांच बर्ष भित्रमा छ देखि आठ हजर किमि सडक निर्माण सरकारले गर्ने जानकारी दिनेभयो ।
अगामी संसदीय निर्वाचन पुर्व नै मेची देखि महाकालीको कञ्चनपुर सम्मको हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न गर्ने अठोटकासाथ अघि बढि रहेको वताउंदै भौत्तिक पुर्वाधार तथा यातायात मन्त्री महासेठले पश्चिम नेपालको मुस्ताङमा रहेको युरेनियाम खानीलाई मात्र प्रयोगमा ल्याउन सके ५० देखि ६० बर्षको बजेट त्यसैले धान्न सक्ने वताउनुभयो ।
उहांले १७ सय ९२ किमि इाापा देखि कन्चनपुर सम्मको महेन्द्र राजमार्गलाई सत्तरोन्नती गरी चार लेनको बनाउने र यसका लागि निकट भविष्यमै बोलपत्र आह्वान सरकारले गर्ने भन्दै,मुगलिङ, पोखरा सडक खण्ड ४ लेनको बनाइने भएकाले निर्माण व्यवासायी सक्षम भएमा निर्माण कार्य पनि गुणस्थर हुने कुरामा वहाँले जोड दिनुभयो ।
निर्माण व्यवासायीलाई मुलकी ऐनबाट होइन निर्माण करार ऐनबाट कारवाही हुने स्पष्ट गर्दै भौत्तिक पुर्वाधार तथा यातायात मन्त्रीले भन्नु भयो, निर्माणमा कमि कमजोरी पाइएमा निर्माण व्यावसायी मात्र होइन सम्बन्धित कर्मचारी पनि कारवाही पर्ने स्पष्ट पार्नु भयो । वहाँले मुलुकि संहिताले गलत काम गर्नेका लागि मात्र यो कानुन सकृय हुने भन्दै राम्रो काम गर्ने व्यावसायीहरुका लागि होइन डराउनु पर्दैन भन्नुभयो।
त्यसैगरी उहांले निर्माण व्यावसायी ठेकेदार होइनन् उद्योगी हो भन्दै बर्गिकरणको आधारमा निर्माण व्यावसायीलाई राज्यले सुबिधा दिने कुरामा जोड दिदै, अव एउटै जेसिवि दश ठाउमा देखाएर काम लिन सकिदै निर्माणका सामाग्री एक ठाउमा मात्र एक ठाउको लागि प्रयोगमा देखाउन सकिने सोही सामान अन्य ठेक्कामा पनि देखाए कारर्वाही हुने बताउनुभयो ।
अन्त्यमा निर्माण व्यावसायीहरुलाई राम्रो काम गर्न आग्रह गर्दै, २४ औं वार्षिक साधारण सभा सफताको शुभ कामना दिनु भयो । निर्माण व्यावसायीको २४ औं साधारण सभामा १ नम्वर प्रदेशका सभामुख ज्यु,मन्त्री ज्यु विशिष्ट अतिथि ज्युहरु नेपाल निर्माण व्यावसायी महासंघका सभापति ज्यु, सल्लाकारहरु, सदस्यहरु, महासंघ पधाधिकारीहरु, पुर्व पधाधिकारीहरु, प्रदेश महासंघका अध्यक्ष, मोरगका प्रमुख जिल्ला अधिकारी, मोरग जिल्ला प्रहरी कार्यलय प्रमुख ज्यु समेतका वक्ताहरूले आ - आफना भनाईहरु राख्दै निर्माण व्यावसायीको २४ औं साधारण सभा सफलताको शुभ कामना दिनु भएको थियो ।
कार्यक्रम निर्माण व्यावसायी मोरङका अध्यक्ष सन्तोष कुमार ठुगानाको अध्यक्षतामा भएको थियो ।
Post a Comment