बिराटनगर, भाद्र २३ गते । रातो तारा डट कम
मोरङको बिराटनगर महानगरपालिका-१५ बाट प्रहरीले आज १ लाख १० हजार रुपैयाँ बराबरको अबैध समान बरामद गरेको छ ।
सिमावर्ती क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानी र सिमा प्रहरी चौकी रानीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिभिन्न स्थानमा चेक जाँच गर्ने क्रममा भारतको जोगवनिबाट अबैध रुपमा भन्सार छलि ल्याएको लत्ताकपडा, किराना समान र मोटरसाईकलको पाटपुर्जाहरु बरामद गरेको हो ।
बरामद समान आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय बिराटनगर बुझाइएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Post a Comment