मोरङ, भाद्र १६ गते । रातो तारा डट कम,मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका ६ स्थित शान्ति चोकबाट भाद्र १५ गते शुक्रबार लागू औषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय
पथरीबाट खटिएको गस्ती टोलीले शुक्रबार साँझ ६.३० बजे जिल्ला मोरङ सुनवर्षी
नगरपालिका २ अमरदह बस्ने वर्ष २४ को मोहमद ताजुव र सोही स्थान बस्ने वर्ष
२० को मोहमद दानविरलाई लागू औषध सहित पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा दुबै जनाको साथबाट लागू औषद नाईट्रोभेट १६५ ट्याबलेट र १००
एमएलको कोरेक्स १ बोतल बरामद भएको ईलाका प्रहरी कार्यालय पथरीले
जनाएको छ । बरामद लागू औषध सहित दुबै जनालाई अनुसन्धानका लागी ईलाका
प्रहरी कार्यालय पथरीमा राखिएको छ ।
Post a Comment