मोरङ, भाद्र २२ गते । रातो तारा डट कम,
मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१४ स्थित भगवती मा.वि. मा प्रहरीले बिहिबार विहान साईबर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएकोछ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटि गएको प्रहरी टोलीले उक्त विद्यालयमा अध्यनरत १०० जना विद्यार्थीहरुलाई साईबर अपराध बारे जानकारी गराईएको हो।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रहरीले सामाजिक सञ्चालको व्यवस्थित
प्रयोग कसरी गर्ने तथा साईबर अपराध कसूर अन्तरगत सजायहरुका बारेमा जानकारी प्रदान गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Post a Comment