Websoft University

बलेरो जीप चालकको घटनास्थलमै मृत्यु

काठमाडौ असोज ७ गते । रातो तारा डट कम, नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हुदा एकको मृत्यु भएकोछ। एक घाइते भएका छन् ।

शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नं को बलेरो जीप आफै अनियन्त्रित भई पल्टिदा बलेरो चालक नवलपरासी बौदीकाली–४ घर हुप्सेकोटका ३५ वर्षीय कृष्ण सुनारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनुभएका सुनारीको उपचारका क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो । दुर्घटनामा सहचालक मेखबहादुर मर्सा¨ी घाइते हुनुभएको
छ । घाइते मेखबहादुरको भरतपुरमा उपचार भइरहेको छ ।

बलेरोमा यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय ननवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.