Websoft University

नेपालमा मागअनुसार स्याउ उत्पादन हुनसकेको छैन



काठमाण्डौं, भदौं १८ गते । रातो तारा डट कम,मनाङ,,नेपालमा मागअनुसार स्याउ उत्पादन हुनसकेको छैन । माग पूरा गर्न व्यापारीले विदेशबाट स्याउ आयात गर्दै आएका छन् । उत्पादन बढाउने उद्देश्यका साथ किसानले जिल्लामा स्याउ फार्म स्थापना गर्न लागेका छन् ।

जिल्लामा ‘हाई डेन्सिटि एप्पल फार्म’ले नयाँ प्रविधिबाट स्याउ उत्पादन गरिरहेको छ । सो फार्मका कामदार यतिबेला स्याउको बोट स्याहार–सुसारमा व्यस्त छन् । नेस्याङ गाउँपालिका– १, भ्राताङमा ७५० रोपनीमा स्याउखेती गरिएको छ । फार्ममा इटाली र सर्बियाबाट फुजी, गाला र गोल्डेन जातको स्याउको बिरुवा ल्याएर लगाइएको छ । स्याहारमा ध्यान दिनसके एउटै रुखले ४० देखि ४५ किलोसम्म फल दिन्छ ।

“उत्पादन बढाउन बोटमा स्केल कटिङ गर्दै आएका छौँ,” कामदार राजु तामाङले भन्नुभयो । माथिल्लो मनाङको टङ्कीमनाङ, खाङ्सार, ङावल, पिसाङ, घ्यारु र भ्राकाका बासिन्दाले ७३५ रोपनी जग्गा भाडामा लिएर स्याउखेती गर्दै आएका छन् । भदौ अन्तिम साताबाट स्याउ टिप्न थालिन्छ ।

एग्रो मनाङले गतवर्ष तीन सय टन स्याउ उत्पादन गरी रु तीन करोड कमाएको थियो । यसवर्ष पाँचसय टन स्याउ उत्पादन गर्ने एग्रोको लक्ष्य छ । स्याउ फार्ममा हाल ५० कामदार कार्यरत छन् । रु २५ करोडको लागतमा सत्ताइस वर्षका लागि जग्गा भाडामा लिएर यहाँ तीन जातका स्याउ लगाइएको छ । स्याउ खेतीसँगै पिसाङमै जुुस उद्योग र भण्डार गहृसमेत स्थापना गरिएको कम्पनीका प्रबन्धक सोमराज गुरुङले बताउनुभयो ।

“प्रत्येक वर्ष उत्पादन बढ्दै गएको छ, एउटै रुखबाट ४५ किलोसम्म स्याउ उत्पादन हुँदै आएको छ,” उहाँले भन्नुभयो । यहाँ उत्पादन भएको स्याउ पोखरादेखि काठमाडौँसम्म बिक्री हुने गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.