Websoft University

नवल खड्का भन्छन् , सीमानामा काडेतार लगाउन अनिवार्य छ


सुनसरी, शिव भट्टराई - असोज ६ गते । रातो तारा डट कम,
नायक तथा निर्देशक नवल खड्का राष्ट्रवादी फिल्म बनाउन सक्रिय छन । उनले बनाएका दशगजा र भीमदत्त चलचित्रले नेपाली स्वाभिमानको वकालत गर्छ ।

पछिल्लो समयमा खड्का नेपाली सिमानामा व्यवस्थित काँडेतार लाउनुपर्छ भन्छन् । नेपालको अन्तर्राष्ट्रिय सिमानामा काँडेतार अभियानमा उनी जोडिएका छन् । अभियानमा जोडिएका मात्रै छैनन् त्यही अभियानलाई चलचित्रमा उतार्दै छन् ।

चाँडै बन्ने क्रममा रहेको चलचित्र ‘काँडेतार’को लोकेसन सन्टमा छन् खड्का । उनी बिहीबार दक्षिणी सुनसरीको भुटाहा क्षेत्रमा काँडेतार फिल्मको सुटिङ लोकेसन हन्ट गर्दैथिए। गोली चलाउनासाथ खड्काले देखिहाले । ‘गोली लागेको मान्छे ढलेको ठाउँ हामीभन्दा १० मिटर मात्रै पर थियो’, बिहीबार हरिनगराको भुटाहाका नेपाली मौलाहा खुर्सीद अन्सारीको हत्या देखेका खड्का भन्छन्, ‘तीन राउन्ड गोली चल्यो । गोलीले ढलेका अन्सारी ठाउँको ठाउँ मरे ।’

हाम्रा सुनसरी सहकर्मी शिव भट्टराई सग कुरा गर्दै नायक खड्काले राज्यले कुनै पन हालतमा अपराधी पकड्नु पर्छ । राज्यले सिमानामा काडेतार लगाउनुपर्छ । यदी राज्यले सिमानामा काडेतार लगाउन सक्दैन भने प्रत्येक नेपाली जनता सग पैसा उठाएर भए पनि राज्यले सिमानामा काडेतार लगाउनुपर्छ भन्नु भएको थियो ।

सरकारले सुनसरीका खुर्सिद अन्सारीको हत्याबारे छानविन गर्न एसएसपी किशोर दाहालको संयोजकत्वमा छानविन समिती बनाएको छ ।

समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका तुलसी प्रसाईँ, आन्तरिम मामिला तथा कानून मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् ।
गृहमन्त्रालयका अनुसार समितीलाई १५ दिन भित्र प्रतिबेदन बुझाउन निर्देशन दिइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.