Websoft University

विधुत चुहावटमा संलग्न ७ जना पक्राउ


मोरङ, भाद्र २० गते । रातो तारा डट कम,
मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा नम्बर २ बाट भाद्र १९ गते मंगलबार राती विद्युत चुहावट गर्ने ७ जनालाई नियन्त्रणमा लिईएको छ ।

नियन्त्रणमा लिईएको व्यक्तिहरुमा जिल्ला मोरङ बुढीगंगा गाउँपालिका-२ बस्ने वर्ष ४७ को राधेश्याम चौधरी, वर्ष ६० को उजरलाल माझी, वर्ष १७ को विवेक विश्‍वास, वर्ष ३० को रामचरण ऋषिदेव, वर्ष ४५ को परदेशी ऋषिदेव, वर्ष ४० को दिनेश कुमार माझी र वर्ष ३५ को मनु सरदार रहेका छन् ।

नेपाल विधुत प्राधिकरण बिराटनगर, वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय मोरङबाट सँयुक्त रुपमा निस्केको विद्युत चुहावट अनुगमन टोलीले मंगलबार राती ८ देखि १२ बजेसम्म गरेको चेकजाँचका क्रममा विजुलीको पोलबाट विधुत चोरी गरेको फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.