मोरङ, भाद्र १७ गते । रातो तारा डट कम, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ र १७ बाट प्रहरीले भाद्र १६ गते शनिबार अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने भाँडावर्तन बरामद गरेको छ । “अवैध घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले शनिबार दिउँसो १५.३० बजेदेखि साँझ ५ बजेसम्म संचालन गरेको चेकिङका क्रममा विराटनगर १६ र १७ नम्बर
वडामा रहेका होटल, भट्टी पसलहरुमा अवैध रुपले घरेलु मदिरा उत्पादन, बिक्रि वितरण भईरहेको फेला पारेका थिए ।
उक्त स्थानबाट ३०० लिटर तयारी मदिरा,मदिरा बनाउन प्रयोग हुने १७२ थान भाँडावर्तन र ५ हजार ७०० लिटर कच्चा पदार्थ (जाँड) बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Post a Comment